सुर्मादेवीको क्रिडास्थल रहेको बझाङ जिल्लाको ताल सुर्मा सरोवर Nepalpatra सुर्मादेवीको क्रिडास्थल रहेको बझाङ जिल्लाको ताल सुर्मा सरोवर
१० माघ २०७७, शनिबार

सुर्मादेवीको क्रिडास्थल बझाङको ताल सुर्मा सरोवर

बझाङको सबैभन्दा ठूलो ताल सुर्मा सरोवर


सुर्मा सरोवर

पृष्ठभूमि : नवर्दुगामध्ये कान्छी बहिनी सुर्मादेवीको क्रिडास्थल रहेकोले यस तालको नाम सुर्मा सरोवर रहेको हो भन्ने धार्मिक जनविश्वास छ । जयपृथ्वीबहादुर सिंहले सुनारहरू झिकाएर भुक्तोली भन्ने ठाउँमा बनाएको सुन प्रशोधन गर्ने आरन चाहिं सुर्मादेवीले भष्म पारिदिएको अर्को किम्वदन्ती पनि छ । त्यस ठाउँमा अहिलेसम्म बोटबिरुवा उम्रिन नसकेको स्थानीयहरु बताउछन् ।

परिचय

सुर्मा ताल बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको सुर्मा टोलमा रहेको छ । सुर्मा ताल जिल्लाको सबैभन्दा ठूलो ताल हो । सुर्मा सरोवर १४ हजार फिटको उचाइमा अवस्थित छ । यो ताल हिमालको फेदमा अवस्थित छ । यहाँको मौसम धेरै जाडो छ ।

चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा आएर मिसिन्छ । सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान सुत्न मिल्ने विशाल विरु ओडार छ ।

सुर्मा सरोवर ताल छेउमा प्रसिद्ध धार्मिक स्थल सुर्मा देवीको मन्दिर छ । सुर्मा देवीको भक्तिभावको लागि मानिस यहाँ आउँछन् । यो स्थानमा साउन एकादशी मेला लाग्छ । यस तीर्थ स्थलमा जानेले, सफा, शाहाकारी भोजन र अनिवार्य ब्रहचारी नियम पालन गर्नु पर्दछ ।

यो पनि पढ्नुहोस् : प्राकृतिक सुन्दरताको अनुपम उदाहरण बाजुराको बुढीनन्दा ताल

लसुन, प्याज र भात खान निषेध छ । सुर्मा मन्दिर र सुर्मा तालखाली खुटृा हिड्नु पर्ने र यात्रा गर्दा छाता बोक्नु पाउने तर रेनकोट नपाउने, कुनै पनि टर्च लाइटरदियो बाल्न नपाउने अर्थात नहुने मान्यता छ । यस पश्चात चैनपुरबाट यात्रा शुरु हुने दिन घोगाडा भन्ने ठाउँ पुग्नुपर्ने र त्यही बसेर पुजा आजा गर्नुपर्ने नियम छ ।

दोस्रो दिन नुहाई धुवाई गरेर पटयुरी, लुमण्ड, दौलीचौर हुँदै पाङ्गड जडो पुग्नु पर्छ । यहाँ सुर्मा देवी मन्दिरमा पुजा आजा गर्ने र तेस्रो दिन फेरी नुवाई धुवाई गरेर सुर्मा ताल जाने उत्तरतर्फ ठाडो उकालो बाटो र त्यहाँ पुगेर तालमा पुजा गर्ने गरिन्छ । चौथो दिन विहान फर्कने र पाङ्गडजडो पुगेर मात्र चपल जुत्ता चपल लगाउने अनि फर्कने गरिन्छ ।

सुर्मा सरोवर

धार्मिक तथा सांस्कृतिक महत्व

यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । बझाङवासीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ भने यसको छेउमा रहेको मन्दिरमा दर्शन गरेपछि मनोकामना पुरा हुने विश्वास गरिन्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

किम्वदन्ती अनुसार, उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेका देखिन्थे रे ! उहिले सुर्मा र दुर्गा दिदीबहिनी अहिले लेकगाउँ गाविसमा पर्ने थलीमा बस्थे रे ! लसुनको निहुँमा झगडा परेका दिदीबहिनीले अंशबण्डा गर्दा थलीका खेतहरू बग्न थालेछन् । तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडिएर आएछ । त्यो रूख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रूख थलीमै रहेको जनविश्वास छ ।

यो पनि पढ्नुहोस् : गौतमहरूको उद्गमस्थल रूकुम पश्चिमको पर्यटकीय गन्तव्य गोतामकोट

प्राकृतिक सौन्दर्य

धार्मिक तथा पर्यटकीय महत्व बोकेको र्सुमासरोवर र्हेदा मानव आँखा आकृतिको छ । ताल आसपासमा पाइने रङ्गी-बिरङ्गी जङ्गली फूलहरूले यस तालको सौन्दर्यतालाई झनै मनमोहक बनाएको पाइन्छ । सुर्मा सरोवर क्षेत्र धार्मिक-पौराणिक किम्वदन्ती र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पाटनका रङ्गीविरङ्गी फूल, दूध झै सेताम्य झरना, लेकाली सल्ला, गुराँस, चिमालो र चाननका लहराले शोभायमान बनाएको सुर्मा सरोवर क्षेत्र पुग्दा संसार भुलेर सधैं यहीं बसिरहुँ लाग्ने गर्छ ।

पर्यटन प्रर्वद्धन

सुर्मा सरोवर धाम जुन बिकास र प्रचार-प्रसारको कमिले ओझेलमा छ ।

यो पनि पढ्नुहोस् : मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

समस्याहरु

ठूलो धार्मिक तथा पर्यटकीय महत्व भएपनि यातायात सुविधा नहुँदा संसारको आँखामा नपरेको सुर्मा सरोवर तालमा पुग्ने सकेको छैन ।

कसरी पुग्ने ?

यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट उत्तर दिशामा पर्दछ र त्यहांबाट ३० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट गाडीमा ४ घण्टामा सुर्मा गाउँ पुगिन्छ र त्यहाँबाट १ दिनको पैदल यात्रापछि सुर्मा ताल पुगिन्छ ।

यो पनि पढ्नुहोस्

लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका

सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !