काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले सिंहलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।
सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही कसुरमा उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हाे । उनीमाथि ‘नक्कली बाबु’ बनेर एक युवतीलाई नागरिकता दिलाएको आरोप लागेको छ ।
प्रहरीका अनुसार अदालतको आदेशपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने अनुसन्धानलाई थप तीव्र पारिएको छ । पक्राउ पुर्जी जारी भएपछि स्थानीय तहदेखि राजनीतिक वृत्तसम्म यस विषयले तरंग पैदा गरेको छ ।













