१ माघ २०८१, मंगलबार

जुम्लाका बौद्धमार्गीहरूको आस्थाको केन्द्र डुडुल चैत्य

जुम्लाको सुन्दर धार्मिक पर्यटकीय स्थल डुडुल चैत्य


डुडुल चैत्य

पृष्ठभूमि : खस, आर्यको बसोबास रहेको जुम्ला अंचल सदरमुकाम भएका कारण लामो समयदेखि मुगु लगायत आसपासका जिल्लाबाट बसाइ सरेर आउने बौद्धमार्गीहरूको बाक्लो बसाइ छ । विशेषतः मुगु जिल्लाबाट आउने बौद्धमार्गीलाई जुम्लामा मुग्याल भनिन्छ । त्यही मुग्याल समुदायले जुम्लामा बोधी चैत्य (डुडुल चैत्य) निर्माण गरेका हुन् ।

परिचय

जुम्ला चन्दननाथ नगरपालिकास्थित खलंगाको दक्षिण सिंगाचौरमा रहेको पवित्र स्तुपा डुडुल चैत्य हो । नेपालका १०० पर्यटकीय गन्तव्यभित्र पर्ने जुम्लाको डुडुल चैत्य पर्यटकको रोजाईको केन्द्र बन्न थालेको छ । दि हिमालयन पिस एशोसियसन र जुम्लाका मुगाल समुदायबाट निर्मित डुडुल चैत्य पर्यटकको पहिलो रोजाई बन्न थालेको हो । जुम्लालाई बौद्धमार्गीहरूको आस्थाको केन्द्र बोधी चैत्य (डुडुल चैत्य) भएको ठाउँ भनेर समेत चिनिनेछ । बौद्ध धर्म मान्ने धर्मकर्म गर्ने थलो बनाएर कर्णालीमा पर्यटकीय क्षेत्रको विकास गर्नका निम्ति स्तुपा निर्माण गरिएको हो ।

धार्मिक तथा सांस्कृतिक महत्व

बिशेषगरी बौद्ध धर्मावलम्बीका लागि यस स्तुपाको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । हरेक दिन चैत्यमा घुम्ने, फोटो खिच्ने, शान्त वातावरणमा रमाउनेको ताँति नै लाग्ने गर्छ । बौद्ध धर्मावलन्वीले निर्माण गरेको तथा सबै खाले धर्मका पर्यटक चैत्यमा पुग्ने गरेकाले यसले धार्मिक सहिष्णुतालाई पनि कायम राखेको छ ।

प्राकृतिक सौन्दर्य

निकै आर्कषक र कलात्मक शैलिमा बनाइएको चैत्यले आन्तरिक र बाह्य पर्यटकको मन जित्न थालेको छ । चैत्यको आर्कषक, कलात्मक शैलिको दृष्य र शान्त मनै हराउने वातावरण, चैत्यको बनावट अवलोकन योग्य त छँदैछ, यसका अलावा त्यहाँबाट सिंगो जुम्ला उपत्यका नियाल्न सकिन्छ । चैत्यबाट खलंगमा अवस्थित चन्दननाथ, भैरवनाथ बाबाको मन्दिर, विमानस्थल, कर्णाली स्वास्थ्य विज्ञान, हिम श्रृखंलाको लोभ लाग्दो दृष्य देख्न सकिने भएकाले पर्यटकलाई आनन्दताको आभास हुने गर्दछ ।

पर्यटकीय सम्भावना

मन्त्रालय, विभिन्न सरकारी निकाय, सांसद लगायतले यस चैत्यको बिकासको सहयोग गरेका छन् । बौद्ध धर्म मान्ने् धर्मकर्म गर्ने थलो बनाएर कर्णालीमा पर्यटकीय क्षेत्रको विकास गर्नका निम्ति चैत्यको बिकास हुँदै छ त्यसैले पर्यटकीय सम्भावना राम्रो छ । सडक कालोपत्रे हुन सके पर्यटक अझै बढ्ने अपेक्षा छ ।

यो पनि पढ्नुहोस्

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी

जाजरकोटको उत्कृष्ट ऐतिहासिक पर्यटकीय स्थल खलंगा दरबार

दैलेखको पवित्र तीर्थस्थल पञ्चकोशी ज्वाला क्षेत्र

प्राचीन बौद्ध धर्मको विकास र विस्तारको अवशेष पाइएको ऐतिहासिक स्थल काँक्रेविहार

द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !