८ बैशाख २०८१, शनिबार

प्राचीन बौद्ध धर्मको विकास र विस्तारको अवशेष पाइएको ऐतिहासिक स्थल काँक्रेविहार

लोककथा अनुसार पाण्डवहरूलाई जिउँदै जलाउनका लाहाको दरबार बनाइएको काँक्रेविहार


काँक्रेविहार

पृष्ठभूमि : सुर्खेतको लाटिकोइली स्थित सुर्खेत वन संरक्षण शाखा काक्रेविहार संरक्षणभित्र सवैभन्दा उचाइमा काँकेविहारको भग्नावशेष छ । २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेतमा आएपश्चात काँक्रेविहारको भग्नावशेष समेतले महत्व पाएको देखिन्छ ।

परिचय

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकास्थित काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारीगरीको नमुना देख्न पाइन्छ । विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरु कुादीएको छ । बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट यो भग्नावशेष भगवान बुद्धसँग सम्बन्धित मानिएको छ । सुर्खेत उपत्यकाको बीच भागमा हवाइजहाज बसेको जस्तो आकारमा बनेको भूखण्ड सुर्खेत उपत्यकाको स्थायी बसोबास गर्न थालेपछि अतिक्रमण भई धेरै मात्रामा वनजंगल विनाश भएको थियो ।

इतिहास

काँक्रेविहारका विषयमा गहनतम अध्ययन अन्वषणको अभाव भईरहेको छ । यसको निर्माण तेह्रौ शताब्दीतिर भएको अनुमान गरीएको पाइन्छ । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरुले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिव मन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरिन्छ । केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले वि.सं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

भग्नावशेष रहेको स्थानदेखि दक्षिणतर्फसम्म उचाइमा एक थुम्को छ जहाँ १२र१२ वर्षमा पंचवली दिइन्छ । पंचवली नदिएमा रोगव्यथा वन्यजन्तु, भूतप्रेतले सताउनुको साथै सुर्खेतमा अनावृष्टि भई विभिन्न दुस्खकष्ट व्यहोर्नुपर्छ भन्ने भनाई पनि प्रचलित रहेको छ ।

पुरातत्वले वीरेन्द्रनगरको दक्षिणमा अवस्थित काँक्रेविहारको १९ वर्ष अघिदेखि उत्खनन शुरू गरेको हो । उत्खननपछि बुद्धका साथै सरस्वती, विष्णु, पद्म, शङ्ख र रथका पाङ्ग्रा फेला परेका थिए । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले यस तीर्थलाई उत्तिकै श्रद्धा गर्ने गर्छन् । त्यसैले बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमा यहाँ हिन्दू(बौद्धबीच विवाद उत्पन्न भएको थियो । विवादकै कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको थियो ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

काँक्रेविहारको नामबाट नै निर्माणकर्ता र अनुयायीहरुको पहिचान गर्ने क्रममा कुकुच्छन्द बुद्धलाई समेत आधार बनाएको छ । उनको नामबाट विहार राखिएको हुँदा क्रमश भापाका ध्वनी परीवर्तनका ऐतिहाासिक नियमहरुलाई पार गर्दै कुकुच्छन्द विहारवाट काँक्रेविहार नाम रहन गएको भन्ने भनाईलाई तर्कपूर्ण मानिएको छ ।

लोककथा

काँक्रेविहारको भत्केको संरचनाबारे स्थानीयमा भने थुप्रै लोककथा भेटिन्छन् । थारू लोककथा अनुसार महाभारतका पात्र पाण्डवहरूलाई जिउँदै जलाउनका लागि यहाँ लाहाको दरबार बनाइएको थियो । तर त्यो षडयन्त्र थाहा पाएर पाण्डवहरू त्यहाँबाट भागे र जाँदाजाँदै दरबार पनि भत्काएर गए भन्ने पनि पाइन्छ ।

अर्को लोककथाका अनुसार काँक्रेविहारमा साली भेनाले र नजिकैको लाटीकोइली पहाडमा लाटी र कोइलीले एक रातमै मन्दिर बनाइसक्ने प्रतिस्पर्धा गरेका थिए । बिहानै उज्यालो हुँदा लाटी-कोइलीले शिव मन्दिर बनाइसकेका थिए भने साली भेनाको मन्दिर आधी मात्रै बनेको थियो । लज्जित भएर उनीहरूले आधा बनेको मन्दिर भत्काएर त्यसलाई जमीनमा पुरेर भागे ।

प्राकृतिक सौन्दर्य

यो स्थानमा स्वच्छ र सफा वातावरण, वन्यजन्तु र बिहार नजिकै को हरियालीले मन आनन्द गर्ने बिसेसता छ । काँके विहारको भग्नावशेषबाट सुर्खेत उपत्यकाको दृष्य प्रष्ट रुपमा देख्न सकिने भएकाले दृश्यावोलोकनका लागि पनि काँक्रेविहारको महत्व रहेको छ । अग्लो डाँडामा निर्माण हुन लागेको शिखरशैलीको मन्दिरबाट सुर्खेत उपत्यकाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिनेछ ।

पर्यटकीय महत्व

सुर्खेत उपत्यकाको दृष्यावोलोकनको उपयुक्त स्थान वृक्षारोपण, चक्रपथ, वन्यजन्तु र पुरातात्विक वस्तुहरुले गर्दा पर्यटकिय स्थल, पिकनिक वनभोजको लागि पनि प्रशिद्ध यस ऐतिहाासिक स्थलको उचित संरक्षण सम्बर्धन गरीएमा सुर्खेत जिल्लाकै विकासमा ठूलो टेवा पुग्न सक्ने कुरामा विवाद छैन ।

पर्यटकीय सम्भावना

महर्षिहरूको साधनास्थल रहेको काँक्रेबिहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य वनाउने योजनामा प्रदेश सरकार लागिरहेको छ । सुर्खेत उपत्यकाको दृष्यावोलोकनको उपयुक्त स्थान वृक्षारोपण, चक्रपथ, वन्यजन्तु र पुरातात्विक वस्तुहरुले गर्दा पर्यटकिय स्थल, पिकनिक वनभोजको लागि पनि प्रशिद्ध यस ऐतिहाासिक स्थलको उचित संरक्षण सम्बर्धन गरिएमा सुर्खेत जिल्लाकै विकासमा ठूलो टेवा पुग्न सक्ने कुरामा विवाद छैन ।

मन्दिर निर्माणपछि आन्तरिक तथा बाह्य पयर्टकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । बौद्ध संस्कृतिका जानकारका अनुसार पुरानै शैलीमा बन्ने मन्दिरले काँक्रेविहारको मात्र नभई समग्र कर्णाली प्रदेशकै गौरव बढाउनेछ ।

समस्याहरु

काँक्रेविहारलाई संरक्षण गर्ने कार्यको थालनी भएपनि हाल यसतर्फ दृष्टि लगाउन छाडिएको छ ।

कसरी पुग्ने ?

सुर्खेत बजारबाट दक्षिणतर्फ रहेको यो बिहार केहि मिनेटमै पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल

भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्राम

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !