
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । आज थुनछेक बहस नसकिएपछि भोलि सार्वजनिक विदा भएकोले लामिछाने भोलि पनि हिरासतमै रहने भएका हुन् ।
सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो । मंगलबार सार्वजनिक बिदा परेकोले उनलाई पर्सि बुधबार अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ ।
लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
गत बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि धरौटी रकम बुझाएर उनी बिहीबार नै कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।
यो पनि पढ्नुहोस्
सरकारी वकिलको तर्क : कास्की अदालतको आदेश बिर्साैं, रविलाई थुनामै राखौँ