८ बैशाख २०८१, शनिबार

द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल


द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल

पृष्ठभूमि : माओवादी युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीलाई लक्षित गरी गुरिल्ला ट्रेयल बिस्तार गरिएको हो । द्धन्द्ध प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी पर्यटकहरुलाई युद्धकालिन दिनचर्या, बिकट बस्तीको जनजीवन, मगर संस्कृतिको अनुभव दिलाउन तथा माओवादीको सेल्टरलाई आधार बनाई गुरिल्ला ट्रेयलको नामाकरण गरिएको थियो ।

परिचय

रुकुम जिल्लाको भुमे गाउँपालिकामा तत्कालिन माओवादी लडाकु हिडेको बाटो पहिचान गरी गुरिल्ला ट्रेयल बनाईएको हो । रुटका अधिकांस क्षेत्र युद्धकालिन समयमा माओवादीको सेल्टर मानिन्छन् । पदमार्गमा माओवादीले म्याग्दी र रुकुमको सदरमुकाम आक्रमणका क्रममा बनाएको तालिम केन्द्र, सैन्य अभ्यास, माओवादी नेताहरुको बासस्थान लगायत छन् ।

शान्ति स्थापना भइसकेपछि यो ठाउँको प्रवद्र्धनका गर्न शान्ति स्तम्भ र युद्धको झल्को दिने संग्रालय निर्माणका काम भए । गुरिल्ला ट्रेल क्षेत्रमा तत्कालिन युद्धमा धेरैले ज्यान गुमाएका थिए । उक्त ठाउँमा गाउँपलिकाले शान्तिका सन्देश दिन गौतम बुद्धको स्तुपा बनाएको छ भने युद्धको झल्को दिने खालको संग्रालय पनि बनाएको छ । यसले प्रदेश नम्बर ४ र ५ को उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पदमार्ग जोडिएका क्षेत्रका स्थानीय तथा प्रदेशसँग छलफल गरी पूर्वाधार बिस्तार गरिने भएको छ ।

इतिहास

मावोवादी युद्द कालमा लडाकुहरुले अधिक प्रयोग गरेको यो स्थानमा युद्दकालिन अवशेषहरु रहेका छन ।

सांस्कृतिक महत्व

पदमार्गमा पर्ने अधिकांश बस्तीमा मगर समुदायको बाहुल्य बसोबास छ । मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृङखला, ग्रामिण जीवनशैली र स्थानीयवासीको द्धन्द्धकालको अनुभव यो पदमार्गको आकर्षण छ ।

प्राकृतिक सौन्दर्य

यो ट्रेयल हरियाली बातावरण र डाँडा पाखामा अवस्थित रहेकोले यहा प्राकृतिक सौन्दर्यको मज्जा पनि लिन सकिन्छ ।

पर्यटकीय महत्व

कुनै समय युद्धले थिलथिलो बनेको यो ठाउँलाई युद्धका अवशेष देखिने खालका संरचना देखिन सकिने भएकोले यसले पर्यटकिय महत्व बोकेको छ ।

पर्यटन प्रर्वद्धन

दश वर्षे माओवादी शसस्त्र युद्ध प्रभावित क्षेत्रलाई समेटेर बनाइएको गुरिल्ला ट्रेयलले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ ।

आकर्षणहरू

म्याग्दीको मालिका गाउँपालिकाको दरवाङलाई प्रवेशद्धार मानिएको पदमार्गमा धौलागिरी गाउँपालिकाको धारापानी, ताकम, मुना, लम्सुङ, मरेनी, जलजला, पूर्वीरुकुमको लुकुम, उपल्लो शेरा, बागलुङको निश्यापिढारे, ढोरपाटन, रोल्पाको सुनिचौर, ज्यलबाङ्ग, ढवाङ्ग लगायतका क्षेत्र पदमार्ग भित्र पर्छन् ।

पर्यटकीय सम्भावना

यो ट्रेयलमा धेरै सम्भावना भएपनि पूर्वाधार बिस्तारमा ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ । कुनै समय युद्धले थिलथिलो बनेको यो ठाउँलाई युद्धका अवशेष देखिने खालका संरचना निर्माण गरी पर्यटन विकासलाई पहिलो प्राथमिकता राखिएकोले यसले युद्ध पर्यटन विकासमा टेवा पुर्याउनुको साथै पर्यटकिय सम्भावना बोकेको छ ।

पदर्माग प्याकेज

यो पदर्मागमा नेपाली र विदेशीलाई फरक(फरक प्याकेट बनाउन सकिन्छ । नेपालीलाई ९ दिन, विदेशीलाई १२ दिनेको छोटो प्याकेजमा पनि पदमार्गको फन्को लगाउन सकिनेछ । उनले १४ दिन र बढीमा २७ दिनमा पदयात्राको यात्रा गर्न सकिने गरी आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने देखिन्छ ।

समस्याहरु

प्रचार-प्रसार भएपनि पूर्वाधारको अभावले घुम्न जाने पनि समस्यामा परेका छन् । उक्त क्षेत्रमा पर्यटकका लागि खानेपानी, शौचालयको तत्काल आवश्यक रहेको टोलीका खोज अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्राम

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !