२१ बैशाख २०८१, शुक्रबार

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एकको अवस्था अज्ञात


मनाङ एयरको हेलिकोप्टर फाइल फोटो

काठमाडौँ । सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ को भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त भएको हो ।

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको प्रहरीले बताएको छ । जलेको अवस्थामा भेटिएका शवको अहिलेसम्म पहिचान भएको छैन ।

हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ । सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा चालक चेतबहादुर गुरुङले उडाएका थिए ।

घटनाको जानकारी आउनसाथ जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले लिखुपिके र वेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको थियो । हेलिकोप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर समेत पठाइएको छ ।

यो पनि पढ्नुहोस्

मनाङ एयरको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना

६ जना यात्रु सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !