४ जेष्ठ २०८१, शुक्रबार

मनाङ एयरको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना


पाइलटसहित ६ जना सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन फाइल फोटो

काठमाडौँ । सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ को भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

घटनाको जानकारी आउनसाथ जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले लिखुपिके र वेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ । हेलिकोप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर समेत पठाइएको  छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए । दुर्घटनाको बारेमा थप जानकारी आउँन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !