११ जेष्ठ २०८१, शुक्रबार

तीन अर्ब लगानीमा विराटनगरमा पाँच तारे होटेल बन्ने


होटेल र्याडिसन बिराटनगर

काठमाडौँ । सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । प्रदेश एकको राजधानी विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे होटलसहितको व्यापारिक मल खुल्ने भएको हो ।

सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

३० कठ्ठा जमिनमा बन्ने ७५ हजार स्क्वायर फिटको मलमा रहने पाँचतारे होटलमा १४६ कोठाको हुनेछन् । शिक्षा, राजनीति, उद्योग, व्यापार र पर्यटनको हबको रुपमा रहेको बिराटनगरमा पाँच तारे होटलको अभाव पूर्ति हुने भएको छ ।

होटेल र्याडिसन बिराटनगर

यसअघि दुगडकै विराटनगरमै चार तारे होटल हेरिसन सञ्चालनमा रहेको छ । सेन्चुरी ग्रूप अफ कम्पनी नेपालमा तरकारी मसला बिक्रीका लागि चर्चित छ ।

सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए । तीन अर्ब लगानीमा बन्ने सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !