२३ बैशाख २०८१, आइतबार

भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौंमै फर्काएर आपत्कालीन अवतरण


बुद्ध एयरको जहाज

काठमाडौं । झापा जिल्लाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज काठमाडौंमै फर्काएर आपत्कालीन अवतरण गराइएको छ । उक्त विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फर्काएर त्रिभुवन विमानस्थलमै आपत्कालीन अवतरण गराइएको हो ।

बुद्ध एयरको ९५३ उडान नम्बरको विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको हो । उक्त जहाज सुरक्षित अवतरण भइसकेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ ।

काठमाडौंबाट उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय त्रिभुवन विमानस्थल बन्द गरिएको थियो । प्राविधिक जाँचपछि मात्र के भएको पत्ता लाग्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !