२२ बैशाख २०८१, शनिबार

४२ करोड रोयल्टी नबुझाएकोले होटल याक एण्ड यति बन्द गर्न निर्देशन


होटल याक एण्ड यति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौं दरबारमार्गस्थित याक एन्ड यति होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गरिदिएको छ ।

पर्यटन विभागले होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको हो । पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले आज एक विज्ञप्ति जारी गर्दै याक एन्ड यति होटलको स्तर वर्गीकरण प्रमाणपत्रसमेत रद्द गरेको जानकारी दिएका छन् ।

पटक-पटक सूचना जारी गर्दासमेत होटलले इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको भन्दै मन्त्रीस्तरीय निर्णयमार्फत नै होटललाई कारवाही गरिएको हो । विभागका अनुसार याक एन्ड यति होटलले नेपाल सरकारलाई ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैँया ४२ पैसा बुझाउन बाँकी रहेको छ ।

यस्तो छ हेर्नुहोस् पर्यटन विभागले निकालेको विज्ञप्ति

पर्यटन विभागले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !