एजेन्सी, यौन सम्पर्क लगत्तैको समयलाई कसरी रोमांचित बनाउने भनेर केही तथ्य दिइएका छ । यी विषयले दाम्पत्य जीवन साँच्चिकै रमाइलो र रोमान्सपूर्ण बनाइदिन सक्छ । यौन सम्पर्क गर्दा धेरै मात्रामा क्यालोरी नष्ट हुने गर्छ । जसका कारण भोक लाग्नु स्वभाविक हो । यो अवस्थामा दुबै जना मिलेर फटाफट छिटो छरितो बनाउन सक्ने कुनै खाना तयार पार्नुपर्छ । यहि बेडमा बसेर एक अर्काले खाने । यसले शारीरिक तथा मानसिक तागत बढाउन मद्दत गर्छ । यौन सम्पर्कपछि अलग दिसातर्फ फर्केर सुत्नु राम्रो होइन । बरु एकअर्काबीच अझै टाँसिएर वा कसिलो अंकमाल गर्दै कुराकानी गर्ने । कुराकानीमा पुराना याद ताजा गर्नुका साथै, पुराना डेट तथा मुमेन्टलाई सम्झिने । यौन सम्पर्कपछि तत्काल बाहिर जाने काम छैन् वा मन छैन् भने दुबै जनाले सँगै बसेर फिल्म हेर्नु राम्रो मानिन्छ ।