१२ बैशाख २०८१, बुधबार

त्यो कुन शब्द हो जसको प्रयोगले सुमधुर बनाउँछ सम्बन्ध ?


माया

हिलेको समयमा रिलेनसनशिपमा नहुने मानिस त प्राय कमै होला । किन की पछिल्लो समयमा फेसबुकले गर्दा पनि रिलेनसनशिपमा बस्ने गर्छन् । फेसबुकवाट फोटो हेर्न पाइन्छ । त्यसैले पनि एक अर्कालाई मनपराउने गर्छ र रिलेनसनशिपमा बस्छन् । तर सम्बन्धमा बसेपछि कसरी सुमधुर बनाउने भन्ने थाहा नहुन सक्छ । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् । ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो । अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !