१५ बैशाख २०८१, शनिबार

स्थानीय तहको निर्वाचन-२०७९ ले देखाउँदै गरेको परिणाम


काठमाडौँ महानगर मतगणना

नवलपुर । आज नेपालको स्थानीय चुनावको मतपरिणाम हेर्दा गठबन्धनले केही राजनीतिक दल पछि पर्ने संकेत देखिन थालेको छ । यसको ठोस कारण देशमा राम्रो काम गर्न नसक्दाको परिणाम हुनसक्ने आँकलन गर्न सकिने भएको छ । हिजोका जनता अब रहेनन् यो कुरा राजनीति पार्टीले बुझ्नुपर्ने समय आएको छ ।

जनताले विकास चाहेका छन् अझ पनि नसोचे कहिले सोच्ने यो कुरा राजनीति पार्टीले बुझ्नुपर्ने समय आइसकेको छ । देशमा विदेशी नक्कलले गर्दा महंगी बढ्दैछ । संघीयता नेपालको हितमा छैन । यसलाई लाद्ने काम गर्दै गर्दा जनताको झुकाव परिवर्तन तर्फ जानसक्ने देखिन्छ ।

दुई ठुला पार्टीको स्थानीय चुनावको मतपरिणाम हेर्दा कतिपय स्थानमा एमाले अगाडि छ भने पछि-पछि नेपाली कांग्रेस देखिन्छ । तेस्रोमा माओवादी केन्द्र देखिएको छ भने अन्य पार्टी नाम मात्र देखिन थालेका छन् । सरसर्ती हेर्दा मैंले आकलन गरेको भन्दा फरक मत आउने संकेत देखिन थालेको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस अघि हुन सक्ने अनुमान गरेकोमा दोस्रो हुने सम्भावना बढ्दै छ । केही स्थानको मत आउन बाँकी छ । देशलाई विकासतर्फ उन्मुख गराउन पहिलो भूमिका पार्टीको होइन व्यक्तिको हुन्छ । यदि व्यक्ति नै गलत हुन्छ भने पार्टी बदनाम नहोला भन्न सकिदैन ।

यसको असर देखिने भनेको जनताको मत हो जनताले विश्वास गरेका पार्टीले देश र जनताको प्राथमिकतालाई लत्याएर स्वार्थमा लाग्छन् भने यसको नतिजा राम्रो पक्का नहुन सक्छ । चाहे जेहोस् हामीले विकासलाई पहिलो प्राथमिकतामा राख्न सके मात्र देशको विकास सम्भव छ ।

अब हुने अर्को निर्वाचन कस्तो होला भन्ने धेरैको आँकलन छ । यसरी नै मत खस्ने हो भने साना पार्टी ठुला हुन सक्ने देखिन्छ । जनभावनाको कदर गर्दै देशमा केको आवश्यक छ । यस विषयमा सवैको ध्यान पुग्न नसके देशमा परिवर्तन हुन्छ । यो परिवर्तनले लोकतान्त्रिक शाशन व्यवस्था नै ढल्न सक्ने संकेत देखिन थालेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !