देशले के माग्दै छ ? एकपटक यता पनि ध्यान दिने कि Nepalpatraदेशले के माग्दै छ ? एकपटक यता पनि ध्यान दिने कि
३० श्रावण २०७९, सोमबार

देशले के माग्दै छ ? एकपटक यता पनि ध्यान दिने कि


देशभक्त नेता_नेपाली

देशको आर्थिक र सामाजिक रूपान्तरण हुन सकेन देश सम्बृद्धितर्फ लाग्न सकेन । हिजो राजाले गरेका सवै काम ठिक भएन भन्ने हाम्रो सोच आज झुटो साबित भएको छ । तर लोकतन्त्र आएदेखि जनताले केवल महंगी पाए अरू केही पाएनन् । राजाले बनाएका स्थापना गरेका सवै उद्योग समाप्त गर्ने काममा जुटेको पाइयो । रिस रागमा अल्झेर देशको विकासमा विषेश जोड दिनुपर्नेमा विकास मास्ने काम मात्र राजनीतिमा देखियो ।

देशमा केवल भ्रष्टाचार व्याप्त देखिनु यसलाई रोक्न तर्फ कुनै पनि राजनीतिक दलको ध्यान पुग्न नसक्नु दुर्भाग्य हो । देशमा जे जति सम्झौता भए राष्ट्र र जनताको हितमा केही भएन । यसले नत देशको विकास भयो नत बेरोजगार अन्त गर्ने काममा कसैको ध्यान पुग्न सकेको छैन ।

जनताले परिवर्तन चाहे परिवर्तन भयो तर भ्रष्टहरुको । नत महगी नियन्त्रण हुन सक्यो । नत बन्द उद्योग खोल्न कसैको ध्यान नै गयो । राजा बन्ने होडमा यता कसैको ध्यान पुग्नुपर्ने थियो तर पुग्न सकेन । बेमौसमी बाजा बजाउने हरूको संख्या बढ्दै गयो । देशमा विकासको एजेन्डा बोक्नेहरु कोही देखिएन । न्याय दु:खी गरिबको हितमा भएन । पैसावालाको खल्तीमा न्याय पुग्न गयो ।

जे भयो गलत हुदै गयो यहाँ जनहितमा भन्दा व्यक्ति स्वार्थमा मानिस डुब्दै गए । जनतालाई संघीयता आवश्यक थिएन तर लाद्ने काम भयो । राजनीतिलाई व्यवसायीकरण गरियो । हिजो र आज देशको स्तरमा मागेर देश चलाउनुपर्ने स्थितिसम्म देशलाई पुर्याइएको छ । यही अवस्था रहे देश नै समाप्त त हुने होइन भन्ने खतरा देशलाई बढ्दै गयो ।

जनताले राजनीतिलाई जसरी विश्वास गर्दै गए त्यसरी नै काम हुदै गएको भए देशको कायापलट निश्चित थियो तर यसो हुन सकेन । नेता राजा र जनता नोक्कर जस्तै हुदै गयो । एउटा भेटा गल्तीले कुवामा हाम फाल्छ भने अन्य भेडाहरु पनि कुवामा हाम फाल्दै जाने छन् यो यथार्थ हो । ठिक भेडा जस्तै नेताले जस्तोसुकै काम गर्दै गएपनि ताली पिट्ने काम मात्र जनताले गर्दै गए ।

देशको लागि मरिमेट्ने यहाँ कोही देखिएन । राजनीति दलले यदि चाहेको भए यहाँ विकास सम्भव थियो । देशका राजनिति दलले गठबन्धनमा चुनाब लड्ने भए किन चुनाव नै गर्नुपर्ने थियो मिलेर देश हाक्दा भइहाल्यो । यस्ता कुरामा जनता अनभिज्ञ रहे यहाँ कसैले आवाज उठाउन चाहेनन् । राजनीति दलका खेतला जता मालिक उतै रैती भन्ने जस्ता क्रियाकलाप देखिदै गयो ।

पैसा बगाएर चुनाव लड्नु भनेको व्यवसाय गर्न जानु जस्तै देखियो । यस्ता क्रियाकलापले चुनावको कुनै अर्थ देखिएन । अबको समय भनेको शिक्षित युग हो यहाँ धर्म संस्कृति संस्कार जस्ता विषय बस्तुको रक्षा गर्दै विकासको जग बसाल्न जंगबहादुरको उदय हुनुपर्ने देखियो । राजनीतिको फोहोरी खेल जबसम्म रोकिदैन तबसम्म देश कदापि अघि बढ्न सक्दैन ।

बहुमत पाएका पार्टीले पनि देश हाक्न नसक्नुमा नेपालको राजनीति दल असफल भएको संकेत देखियो । यहाँ खुट्टा तान्ने हरूका कारण देशमा विकासको वातावरण तयार हुन सकेन । एकलौटी सरकार बनेपनि देशको हितमा खासै केही हुन नसक्नुमा खुट्टा तान्ने प्रवृत्ति हावी हुनाले गर्दा हो भन्दा फरक नपर्ला । लोकतन्त्र असफल हुनुमा खुट्टा तान्ने प्रवृत्ति पहिलो कारण हुनेछ । देशको विकास गर्ने दायित्व हरेकको हो । अरूले विकास गरे उसको पक्कड मजबुत हुनसक्छ भन्ने भावना त्यागेर सवैको दायित्व विकास हो भन्ने सवैमा जाग्न सके लोकतन्त्र तबमात्र सफल हुनेछ ।

अहिले देशमा गरिवीको संख्या बढेको छ । भारतको तुलनामा नेपालमा भोकमरी धेरै बढेको एक अध्ययनले देखाएको छ । यस्ता विषयमा कसैको ध्यान पुग्न सकेन । गरिवी उन्मुलनको नारा घन्कियो तर कुनै सुधार भने हुन सकेन । देशलाई भ्रष्टाचारमुक्त बनाउन सके देशले काँचुली फेर्न सक्ने थियो तर यता ध्यान नदिएर हात थाप्ने काममा बढि जोड दिएको पाइयो । ऋण र सहयोग लिएर उत्पादन क्षेत्रमा लगानी लगाए विकास हुने थियो तर यो रकमलाई राजनीति भरण पोषणमा लगाउदा विकास शुन्यमा झर्दै गएको छ । यो नै लोकतन्त्रको असफल पक्ष हो भन्दा खासै फरक पर्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !