१४ बैशाख २०८१, शुक्रबार

विकासको बाधक जातजाती हो भन्दा खासै फरक छैन


डा. राम बहादुर बोहरा

जात र जातिय भेदभावको कुरा गर्नुपर्दा मलाई हाम्रो गाउँमा दमाइको छोराले बाहुनको छोरी भगाएर ल्याएछ तर उसका बाबु आमाले स्वीरेनन् । उपल्लो जातको छोरी किन ल्याइस् भनेर घरबाट निकालिदिए । यो घटना रियल हो । जात पात त तल्लो सतहबाट छुट्याइने गरेको हुन्छ । चाहे बाहुन होस् या क्षेत्रीमा बरू त्यति भेदभाव रहदैन तर दलितमा सवैभन्दा बढी भएको देखिन्छ ।

आज जात र जातीको लडाई भन्दा विकासको लडाई लडौ न यसले मान्छेमा परिवर्तन ल्याउन सक्छ । एउटा धनाढ्य व्यक्ति र तल्लो गरिब व्यक्तिको तुलना गरौं । यहाँ सवैभन्दा बढी भेदभाव भएको पाइन्छ जबकी तल्लो उपल्लो जातमा त्यस्तो भेदभाव हुदैन ।

जात र जातीय लडाई लडाउने तल्लो जात होइन यही बाहुन र क्षेत्री हुन जसले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो खेल खेली रहेका हुन्छन् । आजका ब्राह्मण क्षेत्री भन्ने जात नै सवैभन्दा स्वार्थको राजनीति गर्न तल्लीन छन् । चार जात छतिस बर्णको फुलबारी भत्काउन यिनै ब्राह्मण अग्रस्थानमा देखिदैछन् ।

भगवान राम त क्षेत्री थिए तर उनले सर्किनिले चाखेर दिएको फल खाएका थिए । यो धर्तीमा जात केवल दुई वटा छन् एउटा महिला र एउटा पुरूष । जात हेर्ने मन भए भैसीलाई गोरू लगाएर हेर्नुस् उसवाट सन्तान जन्मन सक्दैन तर एउटा दलितको छोरी होस् या छोरो तल्लो जातको छोरी या छोरासंग यौन सम्पर्कबाट पशु होइन मान्छे नै जन्मन्छ ।

एउटा ९०% लिएर पास हुनेको र ६०% लिएर पास हुनेको तुलना गर्छौं भने ९०% ल्याउनेले ६०% ल्याउनेलाई टपेको हुन्छ उसमा क्वालिटि हुन सक्छ । आज हरेक क्षेत्रमा चाहे शिक्षाको क्षेत्र होस् या अन्य क्षेत्रमा जातिए भागभण्डा दिएको हुन्छ । भेदभाव त शिक्षाले छुट्याएको देखिन्छ । यसले समाज सुधार कदापि हुनेवाला छैन झन थपिदै गएको हुन्छ ।

आज देशमा जातीय हिसाबले राज्य दिने हो भने बाइसे चौविसे राज्यमा देशलाई विभाजन गर्नुपर्ने हुन सक्छ । पृथ्वीनारायण शाहले सबैलाई एक ढिक्का बनायर चार जात छतिस बर्णको फुलबारी बनाए र सिङ्गो नेपालको नामाकरण गरेका थिए । केहि ब्राह्मणले यसलाई गलत भन्दै झगडाको विउ रोप्दै गए यसको परिणाम स्वरूप आज देशलाई अशान्ति बनाउदै गए ।

नेपालमा सिस्टमको अभाव छ । जहाँ सिस्टम कमजोर हुन्छ त्याहा विकास शुन्यमा झर्दै जान थाल्दछ । हिजो शाही औषधि लिमिटेडले ३०,३२ किसिमका औषधि बनाएर बजारमा ल्याएको पाइन्थ्यो तर अहिले सिटामोल मात्र उत्पादन गरेको पाइन्छ । राष्ट्रको ढुकुटीबाट खर्च गर्न हिचकिचाउने नेतृत्वको सोच नै घटिया किसिमको देखिन्छ ।

अल्पविकसित मुलुक आज विकासोन्मुख हुदै गए तर हाम्रो देशमा प्रशस्त विकासको सम्भावना हुँदाहुँदै पछि पर्दै गयो । यो नै जातिय प्रभाव हो भन्दा खासै फरक छैन । आज हरेक व्यक्ति प्रतिस्पर्धामा अघि बढ्न दिनुपर्छ तर यहाँ दिएको पाइदैन ।

जातिय हिसाबले होइन प्रतिस्पर्धाको हिसाबले काम गर्ने वातावरणको सिस्टमको विकास गर्न सके नत जात रहन्छ नत जाती नै रहन्छ त केवल प्रतिस्पर्धाको युग जहाँ केवल विकासको लक्ष्य हासिल गर्ने होड्मा सवै लागेको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !