१४ बैशाख २०८१, शुक्रबार

आत्मसमर्पणवाद पनि अन्ततः बिसर्जनवाद नै हो


रामचन्द्र तिम्सिना

नयाँ ग्राहक झुलाउने र पुराना ग्राहक डुलाउने क्रान्तिकारी पसल थापेका छन् एक हुल कम्रेडहरुले ।
रंगरोगन, झण्डा, ब्यानर, नाराजुलुस, हँसिया हथौडा र भाषण दुरुस्त राखिएका छन् सजाएर ।
संसदीय ब्यवस्था र पद्धतिबाटै समाजवादी क्रान्ति सम्पन्न हुने तर्क छ उहाँहरुको ।
अझ भनौं त उहाँहरुको तर्क अनुसार पुँजिवाद विरुद्धको जनवादी क्रान्ति सम्पन्न भईसक्यो ।
यानिकी अब नेपालमा जातिय र वर्गीय विभेद नै छैन ।

युरोपबाट शुरु भएको आत्मसमर्पणवादी व्यापार ।
फ्रान्समा मिलेराँ
जर्मनमा सिदेमान
रुसमा मेन्सेभिक
चिनमा तु स्यु
भारतमा ज्योति बसु र
नेपालमा प्रचण्ड लगायतले गर्दैछन् ।

बिसर्जनवादीहरुले भन्दा अलिक फरक ब्यापार गर्छन् आत्मसमर्पणवादीहरुले ।
पार्टीको झण्डा छोड्दैनन यिनीहरुले
नारा फेर्दैनन्
बैज्ञानिक समाजवादी ब्यवस्था
साम्यवाद
जस्ता गुलिया छद्मभेषी कुराहरुले भ्रमित तुल्याउँछन ग्राहकहरुलाई ।
गहिरिएर बुझ्न नसक्नेहरुका लागि होकि होकि भनेर थपडी मार्नेसम्म पनि बनाउँछन् यिनीहरुले ।

कम्युनिष्ट पार्टी नामक पसलबाट
क्रान्ति विरुद्ध भ्रामक प्रचार गर्नु, क्रान्तिकारीहरू माथि दोषारोपण गर्नु, माक्र्सवादी पार्टीको कार्यक्रम,
कार्यनीति अस्वीकार गर्नु,
आफ्नै सुधारवादी पार्टी गठन गर्नु, जारशाही प्रतिक्रियावादी व्यवस्थालाई समर्थन गर्नु ।
यिनीहरुको मुख्य धन्धा हो ।

आत्मसमर्पणवाद पनि बिसर्जनवाद जस्तै हो
जसरी चिनमा चाङ थाउ
भारतमा भेनु
नेपालमा पञ्चायतका केशरजंग र
गणतन्त्र पछिका बाबुराम
यसका उदाहरण हुन् ।
क्षणिक लाभ र दीर्घकालीन प्रभाव पार्न सक्ने,
पतनको बाटो बिसर्जनवाद र
भ्रमको खेती आत्मसमर्पणवाद नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख शत्रु हुन् ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !