१८ बैशाख २०८१, मंगलबार

लोकतन्त्र खतरामा छ : समय छदै होस् गरौं


डा. राम बहादुर बोहरा

‘राजा आउ देश बचाउ’ भन्ने नारा घंकिरहदा नेकपामा किचलो किन हुदैछ ? सिटको लागी मरिहत्ते गर्नुको सट्टा देशमा विकास गर्न सकेको भए आज यस्तो अवस्थामा लोकतन्त्र पुग्ने थिएन ।

हामीले सवैभन्दा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ । जनताले देशको विकास होला भनेरै व्यवस्था परिवर्तन गरेका हुन तर व्यवस्था परिवर्तन त भयो तर सोच परिवर्तन हुन सकेन ।

हामीमा घमण्ड यति बढ्दै गयो कि अब हामीलाई कसैले फाल्न सक्दैन । जनता भन्दा माथि उठेर काम गर्ने परिपाटी नै गलत हो । हिजो राजसंस्थाका पालामा बनेका उद्योगलाई समाप्त नगरी यसलाई अझ विस्तार गर्दै लगेको भएर युवाहरू बेरोजगार नभएको भए यस्तो स्थितिमा देश पुग्ने थिएन ।

मलाई एक जना साथीले भन्नुभयो हिजो राजाले के गरेका थिए र राजा चाहियो ? छातीमा हात राखेर भन्नुस् हिजो राजसंस्थाका पालामा खोलीएका उद्योग आज कता हराए गैडाकोट पल्प फ्यक्टेरी, बुटवल धागो कारखाना, बाँसवारी छाला उद्योग, जनकपुर चुरोट कारखाना, चिनी कारखाना, टायर कारखाना, सिमेण्ट कारखाना जसमा अनगिन्ती उद्योग कता हराए ।

यदि यी कारखाना भइदिएको भए युवाले यसरी सडक तताउने थिएनन् । यदि सबै उद्योग संचालनमा आएको भए नेपालका युवाले नपुग्ने देखिन्छन् तर पनि राजाको पालामा केहि विकास भएन भन्दै हुनुहुन्छ ।

पूर्व पश्चिम राजमार्ग सवै राजाकै पालामा बनेका हुन तर पनि राजाले केहि गरेन भन्दै हुनुहुन्छ । जनताका छोरा नै जागिरे थिए । प्रधानमन्त्री जनताकै छोरा थिए । आज पनि जनताकै छोराको हातमा सत्ता छ खैत बन्द उद्योग खोल्न र युवालाई जागिर दिन सकेको ।

शिक्षा दिदैमा जिम्मेवारी समाप्त हुदैन काम दिन सक्नुपर्छ । जनताको हातमा आइसकेको लोकतन्त्रलाई चलाउन नजान्दा आज देश कमजोर बन्दै गएको छ । लोकतन्त्र ठिक थियो तर सिस्टम नजान्दा आज देश कमजोर हुदै गयो । स्वार्थमा डुबेर काम गर्ने परिपाटी नै गलत हो ।

हिजो लोकतन्त्रका लागि भारतकै इसारामा आन्दोलन भएकाले आज पनि राजा आउ देश बचाउ भन्दा फेरि भारतले नै यस्तो गर्दैछ भन्नु गलत हो यस्तो काम भारतले कदापि गर्न सक्दैन । आन्दोलनमा प्रयोग भएका सवारी साधन सवै सिमानामा बस्ने व्यापारीका हुन भन्ने मलाई लागेको छ ।

अब किचलोमा होइन देश विकासमा जुटौ उद्योग खोल्नतर्फ लागौं र हेरौं लोकतन्त्र कसैले फाल्न सक्दैन तर स्वार्थको राजनीति यसरी नै बढाउने जनतालाई दु:ख पिडा र महगी थुपार्दै जाने र कुर्सीको राजनीति गर्दै जानेहो भने जनताले अब राजालाई ल्याउन सक्ने छन् यसमा दुईमत छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !