१९ बैशाख २०८१, बुधबार

दलतन्त्र असफल हुँदा राजतन्त्र ब्युँतिने खतरा


रामचन्द्र तिम्सिना

माओवादीसँग एकता नभएको भए केपी ओलीको प्रधानमन्त्री बन्ने सपना शायद पुरा हुँदैन थियो । एमाले भित्र गुटवाद मौलाए कै थियो । विचार, आदर्श त छँदै थिएन भन्दा पनि फरक पर्दैन ।

माधव र केपी ओलिको स्वार्थी खेल कुर्सी कै लागि थियो ।
वामदेव बेला मौकामा बीचमा फाइदा खाने बनेका थिए ।
प्रचण्डसँग पनि डा. बाबुराम र मोहन वैद्यको लडाइँमा नारायणकाजी भएकै थिए ।
गुटवाद हावी हुँदा राजनीतिक विचलन आयो । वैद्यले पार्टी छाडे भट्टराई हिँडे नेत्रविक्रमले धम्कयाउँदै छन् ।
तर प्रचण्डका दोधारे चरित्रमा केबल परिवारवाद मौलाएको थुप्रै तथ्यले पुष्टि गर्दैछ ।
दोधारे चरित्रले नेतृत्व बदनाम हुन्छ । परिवारवाद र गुटवाद आलोचित हुन्छ । कार्यकर्ता र शुभेच्छुक मात्र होइन हिजोका योद्धा, घाइते, अपांग कसैले काहिँ केहि सहयोग पाएनन् भन्दा हुन्छ ।
हिजोका पुर्व लडाकु समर्थक शुभचिन्तक खाडी भासिएका छन् ।
प्रचण्का छोरी-ज्वाइँ, भाई-भतिजा बाहेक अरुलाई राज्यको कुनै ठाउँ मिलेन । माओवादीका भागवण्डामा पाएका पुरस्कार तथा नियुक्ति त समर्थक, शुभेच्छुकहरूले पाउँनै हुँदैन भन्ने जस्तो भयो तसर्थ माओवादी धार कमजोर बन्दै गयो ।

गणतन्त्र लोकतन्त्र जे-जे भनिएपनि जनतन्त्र अझै आएको छैन, नेतातन्त्रले देश लुटिरहेको छ ।
जनयुद्धका जन्तीमध्येका अधिकांशले त्यसको सावाँ ब्याज उठाएका छन् । पदकै कारण पार्टी टुक्रा-टुक्रा भयो । उपाय नलागेर तत्कालिन एमालेको ओली गुटसँग पार्टी एकता यानिकी “बिलय” भयो ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो अहंकार बढाए । एमाले ब्यूताउन खोजे “जवज” लाद्न खोजे तब माहौल केही तातियो ।

जब प्रचण्ड नै परिवारवादमा रमेका छन् भने नेकपा एमालेको नाममा फाइदाका लागि लम्पसारवादी नीति लिएर राज्य लुट्दै आएका ईश्वर पोखरेलहरूले प्रचण्डको विरुद्ध खेदो खन्नु नौलो भएन ।

पार्टी फुट्यो भने प्रचण्ड अध्यक्ष हुन्छन् ईश्वर अध्यक्ष हुन पाउँदैनन् । त्यसो त नेकपाका अर्का अध्यक्ष केपी ओलीले आफ्नो गुटका बाहेक कही पनि कार्यकर्ताको क्षमता, योग्यतालाई चासो दिएका छैनन् । पार्टीमा विवाद भएको कारण त्यो पनि हो ।
गणतन्त्रमा कुनै पनि पार्टी लडाइबाट मुक्त भएनन् । काँग्रेसमा शेरबहादुर र रामचन्द्रको भागवण्डाले पुगेन । त्यहाँ पनि प्रकाशशरण महत, कृष्ण सिटौला, विमलेन्द्र निधिले समेत अहिले भाग खोज्न थालेका छन् ।

आन्दोलनमा जनताका छोराछोरी मरे, फाइदा नेता र उनिहरु कै परिवार, नातावादमा केन्द्रीत हुनु ।
गणतन्त्रको फल लुटतन्त्र र दमन हुनु । सर्वोच्चले अदालतबाट आफ्नै श्रीमती मार्ने रञ्जन कोइरालालाई ८ वर्षमा जेलमुक्त गर्ने कानुन स्थापित गराउनु ।बिप्लवधार प्रतिबन्धित हुनु ।
पदभ्रष्ट, सत्ता लम्पट चरित्रकै कारण देशभित्र मात्र होइन छिमेकीसँगको सम्बन्ध समेत नेकपाकै नेतृत्वको समयमा राम्रो भएन ।

पार्टीलाई विधान सम्वत चलाएको भए अहिले बदनाम हुने थिएन । प्रचण्ड गुट परिवारवाद मै रमाए प्रधानमन्त्री ओली गुटवाद नातावादमा रमाएका छन् ।
देशको राष्ट्रपति समेत देशको बन्न सकेकी छैनन् । प्रम अ‍ोलीको स्वार्थका निर्णयलाई शिरोपर गर्दा आलोचित बन्नु परेको तितो यथार्थ जगजाहेर छ ।

परिणामत फ्याँकिएको राजसंस्थाका रैतिहरुले पनि च्याँखे थाप्न शुरु गरिसके ।”राजा आउ देश बचाउ” भन्दै सडक तताउन थालिसके ।
मुलतः समस्या ब्यक्तिवाद, मवाद र स्वार्थवादले निम्तिदैछ ।
फलतः दलतन्त्रको असफलता नै राजतन्त्रका लागि पुनः स्थापित हुने अवसर सावित हुँदैछ ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !