२२ बैशाख २०८१, शनिबार

युवाहरू पलायन होइन यही माटोमा रम्म सिक


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

केहि गर्नुस् यो नहेर्नुश कि म सक्दिन भनेर आज केहि अप्ठयारो होला तर भोली यसले सवै सिकाउदै जानेछ । तपाइले पढेका ती कागजलाई थन्काउनुस या आफुले प्राप्त गरेका उपलब्धिलाई समाजमा देखाउनुस् अरूले के गर्दैछन् र म पनि तेही गरौं भन्नेतर्फ नलाग्नुस कुनै यस्तो काम गर्नुस जसले गर्दा सिङ्गो समाज लाभान्वित हुन सकोस् ।

हरेक नागरिकले काम नलाग्ने शिक्षाको पछि होइन शिक्षा प्राप्त गर्नासाथ केहि गर्ने सिप सिकेर देशमा नयाँ नयाँ चिजको उत्पादनमा लाग्न सके कोहि बेरोजगार नहुने देखिन्छ । नेपाल एैसा देश है जहाँ पैसा उठाने वाला कोहि नहिहै भन्दै भारतीयहरू नेपाल छिर्दै बोरामा पैसा उठाउदै लग्दैछन् तर हाम्रा युवालाई डिग्रीको घमण्ड छ ।

बाबुले हलो जोतेको हेर्छन् तर उनीहरूलाई लाज लाग्छ काम गर्न इनै हलो जोतेर बाबाले पढाएको हेक्का छैन । थोरै अंग्रेजी जानेपछि विदेश जान खोज्छन् युवा पलायन हुनुमा सरकार दोषी होइन नेपालको शिक्षा नीति दोषी छ ।

यदि युवाले टेक्निकल शिक्षा हासिल गरेर यही माटोमा काम गर्न सकेको भए शायद बिदेशमा मर्नुपर्ने थिएन । बच्चालाई भोक लागे नलागेको आमालाई त्यतिबेला थाहा हुन्छ जति बेला त्यो बच्चा च्याच्या गरेर रून थाल्दछ ।

बच्चा जन्मेको छ महिना नपुग्दै महिनावारी हुन्छ यसको प्रमुख कारण भनेकै बच्चालाई प्रयाप्त दूध नचुसाउनु हो । हामीले अरूलाई दोषी ठहराउनु भन्दा हामीले आफ्नो कमजोरी पनि केलाउन सक्नुपर्छ । नेपालमा राम्रोसंग मेहनत गर्ने हो भने थुप्रै सम्भावना छन् पैसा कमाउनको लागि तर हामीमा हिम्मत छैन ।

कसैले गरेको काममा हामीलाई चाख लाग्छ तर हामीले गरेर अरूलाई चाख लाग्ने काममा जुट्न सके ठूलो उपलब्धि हुने छ । हामीले चाहेमा यो माटोबाट नसोचेको फल प्राप्त गर्न सक्छौ यसमा दुईमत छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !