पहिरो खस्दा रोल्पाको सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध
रोल्पा । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका–१, खोलावाङमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सहिदमार्ग अवरुद्ध भएको हो । सडकमा ठूलो पहिरो