कर्णाली, १९ कात्तिक । प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बासगढीबाट पक्राउ गरेको हो ।