गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
बागलुङ । यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटिन् । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुगेकी लुहार खुशी भएर घर फर्किइन् ।