१२ बैशाख २०८१, बुधबार

Tag: बालकृष्ण खाण

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण आज बुधबार बिहान पक्राउ परेका हुन् । खाँणलाई काठमाडौंको निजी निवास चावहिलको मैजुबहालबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।