माओवादी-केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबारे संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई निर्देशन दिएका छन्। कांग्रेसका सांसद गगन थापाले गत साता संसदमा दर्ता गरेको उक्त प्रस्तावमाथि ‘कुनै कारबाही अघि नबढाउनू’ भन्ने दाहालको