काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा पुनर्स्थापनापछि सक्रियता बढाएका छन् । उनी आज बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् । उनले त्यहाँ अध्यक्ष प्रचण्डसँग करिब १ घण्टा कुराकानी भएको बताइएको छ