नेपालमा ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी
काठमाडौं । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ। अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो। देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट