काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्याएका छन् । आज शनिबार बसेको सचिवालय बैठकमा उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताए ।