स्वास्थ्यमन्त्री खतिवडाद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका