९ श्रावण २०८३, शनिबार

यी हुन महिलामा हुनुपर्ने ३२ लक्षणहरु


यी हुन महिलामा हुनुपर्ने ३२ लक्षणहरु

काठमाडौँ । हिन्दु धार्मिकशास्त्रअनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । विवाहका क्रममा पुरुषले ३२ लक्षणयुक्त वधूकै खोजी गर्छन् ।

एकैजनामा यी सबै गुण पाउन सम्भव होला नहोला तर धार्मिक मान्यता अनुसार विवाहयोग्य पुरुषको चाहना सर्वगुण सम्पन्न नारी पत्नी होस् भन्ने हुन्छ । योग्य पुरुष हुनका लागि पनि विभिन्न गुणले युक्त हुनुपर्ने आफ्नो ठाउँमा छँदै छ, तर पुरुषका लागि निश्चित गुण र लक्षण धार्मिक ग्रन्थमा तोकिएको छैन ।

धार्मिकग्रन्थमा उल्लेख भएका महिलाका ३२ लक्षण यस्ता छन्:

१) पद्मासनमा बस्दा वृत्ताकार आसनमा देखिनु
२) हातका औँला लामा–लामा हुनु
३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिल्ने हुनु
४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु
५) शरीरमा विभिन्न सात सुगन्ध हुनु
६) हरिणका जस्ता फिला हुनु
७) गुप्ताङ्गहरू हात्तीका अण्डकोषझैँ गुप्त रहनु
८) शरीरको माथिल्लो भाग सिंहजस्तै सलक्क मिलेको हुनु
९) शरीरका सम्पूर्ण अङ्गहरु सुगठित हुनु
१०) काँध पुष्ट, चौडा र गोलो हुनु
११) पाखुरा राम्ररी फर्कने हुनु
१२) पाखुरा लामा हुनु
१३) सम्पूर्ण शरीर तेजोमय हुनु
१४) शंख समान घाँटी हुनु
१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६) ३२ वटा दाँत हुनु
१७) चम्किला र टमक्क जोडिएका दन्तपंक्ति हुनु
१८) समान मिलेका दाँत हुनु
१९) बंगारा स्वच्छ र सुन्दर हुनु
२०) जिब्रो लामो हुनु
२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु
२२) काेइलीको जस्तो सुरिलो स्वर हुनु
२३) विभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु
२४) ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
२५) आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु
२६) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।
२७) पगरीजस्तो मिलेको राम्रो कपाल हुनु
२८) अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
२९) प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
३०) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु
३१) नीलमणिजस्तो कालो र टल्कने केश हुनु
३२) विष्णुको जस्तो दृढ स्वभाव हुनु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !