
म ती अतित अनि आफूले गरेको गल्ती सम्झिदै बस रुँदैथिए कि रुपेश पनि आईपुग्छ उ म रोएको देखेर के भयो ? र भन्दै मेरो छेउमा आउँछ म बस चुपचाप नबोली एकहोरो रोहिरहेको थिए । उ फेरि एकपल्ट सोध्छ यो पाली भने म कस्सेर उसलाई अंगालोमा बेर्छु र जसरी भएपनि एकपल्ट नेपाल जाने कुरा गर्छु र जीवको नाम उचारण गर्छु । उसलाई मेरो विगत सबै थाहाँ थियो म केहि सम्हालिदै र आँशु पुछ्दै त्यो किताव देखाउछु र रुपेश पनि त्यो किताव पढ्न थाल्छ किताव पढेपछि रुपेश पनि केहि भावुक हुन्छ र मलाई नेपाल गएर जीवनलाई भेटने अनुमति दिन्छ म खुशीले फेरि एकपल्ट रुन्छु र रुपेशलाई अंगालोमा बेर्छु रुपेश भोलिपल्टै मेरो टिकटको तयारी गर्छ तर २ दिनपछि बल्ल टिकट भेटिन्छ । यता प्लेन उडेसँगै मेरो मन पनि जीवनको यादमा उड्छ । उसको यादमा यत्ति धेरै डुबेको थिए कि त्यो लामो यात्रा पनि छोटो लागिरहेको थियो । म अतीतका सम्झनामा बेला-बेला मुस्कुराउदै र बेला-बेला रुदै कत्तिखेर काठमाडौं आइपुग्छु थाहै हुँदैन । उसको एक झलकको लागि यो आँखा तर्सिएको थियो । यो मन उसलाई भेटन व्याकुल थियो । उसको बिहे भए नभएको कितावमा केहि लेखिएको थिएन तर भए-नभए पनि मलाई कुनै मतलब थिएन बस उसलाई भेट्नु थियो यत्तिका वर्षसम्म उसको लागि साचेको प्रेम उसलाई भन्नु थियो । प्लेन काठमाण्डौमा ल्यान्ड हुन्छ र म तत्काल फेरि विटनगरको टिकट काट्छु । यत्ति लामो यात्रा भएर पनि मलाई कुनै गलेको महसुस भएको थिएन् बस उसलाई कत्ति खेर भेटुम मात्र भएको थियो । म विराटनगर एयरपोर्ट उतर्रिन्छु र अटो समातेर सिधै उसको घर पुग्छु ।
जीवन जीवन म बारम्बार-बारम्बार उसलाई बोलाउँछु तर उसको घर छिर्ने आँट भने गर्न सक्दिन घरवाट कोहि बोल्दैन म निरास हुन्छु । एउटा व्यक्ति आईरहेको हुन्छ म उसलाई सोध्छु ? जीवन कता छ ? त्यो व्यक्ति जीवन न धेरै मादक पदार्थ सेवनको कारण हिजो मृत्यु भएको सुनाउँछन् । मेरो हात गोडा चल्न छोड्छ ।मैले सोचेका सबै सोच मरेतुल्य हुन्छ । म उसलाई घरमा को छ भनेर सोध्छु ? ..उ केवल एक्लो भएको जुन सुनेर म भक्कानिएर रुन्छु । उसको लास भर्खर जलाउन विराटनगर परोपकार घाट लगेको भनेर भन्दा म निशव्द हुन्छु मात्र रोइरहन्छु मनमा उप्रति भएका भावनाहरु पोख्न नपाएको मा दु:खी हुन्छु । मेरा सोचहरु सबै सकिए म रित्तिए जस्तो लाग्छ । उसको त्यो मुहार हेर्न मन लाग्छ । मेरो घुँडा टेकिन्छ जमिन भासिएजस्तो हुन्छ कति आँशु बगे कुनै हिसाव छैन । त्यो व्यक्ति के भयो वहिनी तपाई जीवन…..को हो भनेर सोध्छन् ? म केहि बोल्न सक्दिन । त्यो व्यक्ति बोल्दैथियो उ बेवारिसे जस्तै भएको थियो न टाईममा खाना दिने कोहि न हेर्ने कोहि आमा मरेपछि उसको एउटा साहारा पनि गुम्यो त्यसपछि त झन रक्सी चुरोट बेस्सरी खान थाल्यो बेला-बेला खोई के अनामिका भन्दै बौलाउने गर्थ्यो । विचारलाई न सोध्ने कोहि र रोक्ने कोहि बाउलाई जस्तै उसलाई पनि रक्सी चुरोटले लग्यो । कितावले सम्पति पनि सक्यो के कति बिक्री भयो अत्तोपत्तो छैन ।
सारै सहयोगी थियो बिचारा बंश पनि रहेन । केटीले धोका दिएको हुनुपर्छ बहिनी । हिजो आएको भए भेट हुन्थ्यो । जानु बहिनी आफ्नो मान्छे हो भने अहिले जलाको छैन होला मुख हेर्न पाइन्छ । त्यो सुनेर म हतासमा भएजस्तो हुन्छु उसको त्यो मुहार हेर्न म हतारिन्छु । म केहि लाटो जस्तो हुन्छु म हराए जस्तो हुन्छु कता जाऊ के गरु मष्तिस्कले काम गर्न छोड्छ । होस् आएजस्तो हुन्छ म तुरुन्त अटो समात्छु र परोपकार घाट लानु भन्छु। ३ दिनको लामो यात्रा केवल ३ घण्टा लागेको मलाई यो आधा घण्टाको बाटो कहिले नसकिए जस्तो भयो म अटोलाई छिटो कुदाउन भन्छु उ के भो मेम सोधिरहन्छ तर म छिटो बाहेक अरु केहि बोल्न सकिराखेको थिइन । म सोच्छु किताब मात्र मेरो नाममा छापिएको रहेछ कथा त केवल उसको रहेछ । म त केवल उसको कथाको एउटा पात्र मात्र रहेछु । मैले त माया मात्र गरेको रहेछु जसको बदला माया खोजिरहे उसले त प्रेम गरेको रहेछ मवाट कहिले केहि खोजेन बस दिइरह्यो । उ मरेर पनि मेरो लागि यो किताब उपहार दिएर गयो । मैले सिवाय आँशु उसलाई केहि दिन सकिन् ।
मेम परोपकार घाट आइपुग्यो अटो वालाको बोलीसँगै भावना र सोचवाट बाहिर निस्कन्छ र पैसा तिरेर कुदेर जान्छु तर लाश जलिसकेको हुन्छ । उसलाई अन्तिम विदाई पनि गर्न पाईन भनेर फेरि भक्कानिएर रुन्छु । मानिसहरु लाश जलाएर फर्किदैथिए । म उसको लागि ल्याएको एउटा सेतो गुलाव उसको जलेको लासमा राखिदिन्छु । सबै फर्किन्छन् म मात्र अन्तिम सम्म बसिरहन्छु । आजपनि दुईवटा लाश जलेको थियो एउटा मरेको जीवनको अनि अर्को जिउँदो जुन मेरो थियो । फेरि पनि उ जलेको सवैले देख्छ तर म जलेको कसैले देख्दैनन् ।
समाप्त
फेरि भेटौला अर्को कुनै नयाँ कथामा ।
*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्
कथा शीर्षक : अनामिका (भाग-९) – एक अन्तरजातीय प्रेम कथा
कथा शीर्षक : अनामिका (भाग-८) – एक अन्तरजातीय प्रेम कथा
कथा शीर्षक : अनामिका (भाग-७) – एक अन्तरजातीय प्रेम कथा
कथा शीर्षक : अनामिका (भाग-६) – एक अन्तरजातीय प्रेम कथा
कथा शीर्षक : अनामिका (भाग-५) – एक अन्तरजातीय प्रेम कथा
कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा
कथा शीर्षक : अनामिका (भाग-३) – एक अन्तरजातीय प्रेम कथा
कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा
कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा
कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)
कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)