१२ बैशाख २०८२, शुक्रबार

कथा शीर्षक : अनामिका (भाग-९) – एक अन्तरजातीय प्रेम कथा


कथा शीर्षक : अनामिका (भाग-९)

उता जीवनको बुबाको लाश जलेसँगै यता मेरो पनि मन जलिरहेको थियो । केहि दिन बितेयता परीक्षा पनि शुरु भयो तर उ अझै आएको थिएन । म सोच्छु सायद उसको बुबा र घरायसी समस्याको कारण नआएको हुनुपर्छ र मनलाई स्थिर बनाउछु । उसँग लामो समयदेखि सम्पर्कमा थिइन् मन केहि ब्याकुल हुन्छ र उसको बारेमा केहि बुझ्न पनि पाएको थिइन । यता बुबा-आमा पनि विदेशबाट नेपाल आउनुहुन्छ उहाँहरुको मुहार देखेर मन केहि हल्का हुन्छ र खुशीले एकपटक फेरि रुन्छु । इलाममा भएको हाम्रो जग्गा बिक्री भइसकेकोले त्यो पैसा र केहि थपथाप पारेर काठमाडौंमा जग्गा किनी उतै बस्ने सल्लाह हुँदैथियो तर मेरो मन भने इलाम र बिराटनगरको सेरोफेरोमा घुमिरहेको थियो । दिनसँगै हप्ता अनि हप्तासँगै महिना बित्यो तर उ अझै आएको थिएन । उसका यादहरु धमिलिदै गइरहेको थियो । निस्सासिए जस्तै हुन्छु न त रुन सक्थे न त चिच्याउनै बस टोलाउन सिवाय अरु कुनै बिकल्प पनि थिएन मसित । उसको लागि सम्हालेको कोठी किन हो मनपर्न छोड्छ । परिवारका सबै काठमाडौं जाने निर्णय गर्छन् जसमा सहमत हुन बाध्य हुन्छु ।

कुनै एक व्यक्तिको लागि सम्पूर्ण परिवारको खुशी म कसरी रेट्न सक्थे एकपटक फेरि जीवनलाई सम्झेर रुन्छु । सबैको खुशी र भलाईको लागि भएपनि काठमाडौ जाने निर्णय गर्छु । यसवीच बुबाआमाको आगमनसँगै मेरो बिहेको समेत कुरा चल्न सुरु हुन्छ तर म पढाईको बहाना बनाएर टालिदिन्थे । आखिर कहिलेसम्म सक्थे एकिन थिएन । जीवन एक असिना जस्तै भयो मेरो लागि बस आयो अनि केहि क्षणमै बिलाएर गयो । सधै रोएर पनि नहुने भएकोले मन केहि कठोर बनाउन थाले तरपनि मन न हो कत्ति कोशिस गरेपनि सकिराखेको थिइन् । समयसँगै मायाले दिएका चोटहरु भरिदै जाँदै थिए र जीवन धमिलिदैथ्यो । केहि तिता-मिठा सम्झना समेटेर परिवारसँग काठमाडौं लाग्छु तर मन अझैं उ आउने आशमा थियो जुन मात्र मेरो भ्रम थियो । केहि समय पश्चात नयाँ कलेज नयाँ साथीभाई केहि घुलमिल हुन थाल्छु । रुपेश पनि आफ्नो परिवारसहित काठमाडौं आएको रहेछ र उसको र मेरो बिहेको कुरा समेत चल्दै थियो म त्यहि बेला कलेजबाट आइपुग्छु ।

रुपेशलाई डिभी परेकोले केहि महिनापछि अमेरिका उडने वाला हुन्छ र उ मलाई साथमा लिएर जान चाहन्थ्यो म केहि निर्णय गर्न सक्दिन केहि समयको माग गर्छु मेरो साथी निरुले मेरो र जीवनको बारेमा उसलाई सबै भनेको रहेछ तर पनि उ मेरो लागि मरिहत्ते गरिरहेको थियो । रुपेश समयको पर्खाइमा रहनेछु भनेर घरबाट निस्कियो । थाहै नपाई एकपटक फेरि जिवन सम्झेर रुन्छु मन दर्हो पारेर भएपनि परिवारलाई आफ्नो बिगत सुनाउन मन लाग्छ तर हिम्मत भने जुटाउन सकिराखेको थिइन् । आमा-बुबाको खुशीको लागि भएपनि अन्ततः रुपेशसँग बिहे गर्ने निर्णय लिन्छु । म बाहेक सबै खुशी देखेर भएपनि आफ्नो चित्त बुझाउछु ।मुहारमा झुटो मुस्कान तर मनभित्र आँधीबेरी चलिरहेको थियो जसको पिडा केबल मैले मात्र महसुस गरिरहेको थिए । बिहेको केहि समयपश्चात रुपेश अमेरिका पुग्छ म पनि यता १२ पास गर्छु र केहि महिनापछि मेरो पनि भिसा लाग्छ र म पनि अमेरिका उडछु । समय बित्दै थियो तर म पूर्ण रुपेशको हुन सकिराखेकाे थिइन आखिर कहिलेसम्म अन्तत: रुपेशको उदारता र उसको मायाले मलाई पग्लन बाध्य बनायो र एकरात म पुरै रुपेशको भए जहाँ लाज सरमले सम्पूर्ण सिमा नाघ्यो । अब केहि अवशेषबाहेक जीवन पुरै हराइसकेको थियो मेरो जीवनबाट रुपेशको स्नेह र मायाको अगाडि जीवन ओझेल हुँदै गईरहेको थियो । समय राम्रै बित्दै जाँदैथियो जहाँ म हराउँदै थिए रुपेशको मायामा केहि समयपश्चात हाम्रो एक सन्तान हुन्छ हामी एकदम खुसी हुन्छौ ।

लगभग मैले विगत बिर्सिएर नयाँ जीवनमा प्रवेश गरिसकेको थिए तर एकदिन २०७६ सालमा म साथीको छोरीको बर्थडे पार्टीमा गएको थिए जहाँ मेरो साथी केहि महिना अगाडि नेपाल गएको र त्यहाँबाट मन परेर एउटा किताब ल्याएको भनेर भन्छिन् र मलाई समेत किताब राम्रो भएकोले एकपटक पढनु भनेर झोलामा हालेर दिन्छिन तर म खासै कथा कविता नपढने भएपनि उसको आग्रह नकार्न सक्दिन र त्यो किताब घर लिएर जान्छु । रुपेश कामबाट अझै घर आएको थिएन म नानी सुताएर घडि हेर्छु रातको ८ (आठ) बजेको हुन्छ म घरको केहि सरसफाई गर्न थाल्छु खासै निन्द्रा नलागेकोले मेरो नजर त्यो झोलामा पर्छ जहाँ साथीले दिएको किताव हुन्छ म समय कटाउन र रुपेश नआउन्जेलसम्म त्यो किताब पढने सोच्छु र झोलाबाट किताव निकाल्छु कितावको पहिलो कभरमा ठुलो अक्षरमा मेरो नाम लेखिएको हुन्छ जुन अनामिका थियो कितावको कभरको केहि तल लेखकको नाम पढ्छु जहाँ जीवन कोईराला लेखिएको हुन्छु म झल्यास्स हुन्छु र जीवन सम्झिन्छु र एकपटक विगतमा पुग्छु जहाँ जीवन हाँस्दा देखिने उसको त्यो दारा सम्झन्छु । म हतासमा भए जस्तो हुन्छु र पहिलो पाना पल्टाउछु र एक अक्षर नछुटाई सबै पढन थाल्छु म जति पाना पल्टाउछु त्यति विगत सम्झिन थाल्छु र त्यत्ति भावुक हुँदै जान्छु म पानासँगै कहिले हाँस्छु त कहिले रुन थाल्छु । त्यो किताव अरु कसैले नभएर जीवनले मेरो लागि लेखेको भान हुन्छ जसको हरेक पानामा केवल मेरो बारेमा लेखिएको हुन्छ । मसगँ भेट भएदेखिको सबै नछुटाई लेखेको रहेछ । जातीय आर्थिक तथा सामाजिक कारणले गर्दा आफ्नो माया मार्नु परेको कुरा उसले त्यो कितावमा उल्लेख गरेको रहेछ जहाँ उसको माया छ छल्किरहेको थियो । उसले कतै-कतै लेखेको माफिनामाले मेरो मन आरपार हुँदैथियो । आमाको बचनको अगाडि उसले मलाई छोडनु परेको समेत लेखेको हुन्छ । जहाँ मबिना उसको जीवनमा अरु कोहि नहुने समेत लेखेको हुन्छ । बस कितावमा केवाल म मात्र थिए जसले मलाई फेरि एकपल्ट अतीतमा पुर्याउँछ जहाँ म मायामा नमिठोसँग हारेको थिए तर कितावा पढेसँगै फेरि जिते जस्तो लाग्छ । दोष आफैंलाई दिउ या समयलाई सम्झिदै मन भक्कानिएर आउँछ आँखाबाट आँशुका बलिन्द्र धारा बग्न थाल्छ जुन रोक्ने नाम लिइरहेको थिएन । मन बेचेन हुन्छ के गरु र कसो गरुँजस्तो हुन्छ कुदेर जीवन भएतिर पुग्न मन लाग्छ । आकाश खसेजस्तो हुन्छ आफैलाई गाली गर्न मन लाग्छ धिक्कार न… मन लाग्छ स्वार्थी त म भए जस्तो लाग्छ उसको बारेमा एकपटक पनि बुझ्न चाहिन धर्ती फाटेजस्तो हुन्छ फेरि एकपटक म रोएको कसैले देख्दैन ।

क्रमश: बाँकी अर्को भागमा…

*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

कथा शीर्षक : अनामिका (भाग-८) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-७) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-६) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-५) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-३) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-२)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-१)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !