२० चैत्र २०८१, बुधबार

कथा शीर्षक : अनामिका (भाग-६) – एक अन्तरजातीय प्रेम कथा


कथा शीर्षक

बेलुका घाम ढल्न लागेको थियो र केहि अध्यारो हुँदै थियो । यत्तिकैमा घर अगाडिको दोकानमा मामाको फोन आउँछ। दोकानदार घरमा को हुनुहुन्छ ? भाईको फोन आएको छ भनेर भन्न आउँछन् । म माइजुलाई वाहिर बोलाउँछु माइजु खाना पकाउँदै हुनुहुन्थ्यो मलाई खाना हेर्नु भन्नुहुन्छ र जानुहुन्छ । एकछिनपछि माइजु आउनुहुन्छ र आमा ५ बजे उडेको र मामा २ दिनपछि आउने भन्नुहुन्छ । मन हल्का हुन्छ जे भएपनि बुबाआमा अब सँगै हुने भए भनेर । त्यो रात कट्छ र बिहान हुन्छ अरु दिन भन्दा आज केहि बेग्लै भएको थिए ।

हुन त एैना नहेरेको होइन तर आज भने केही बढी नै हेरि रहेको थिए । म आफुलाई एैना मा हेर्छु केहि फरक पाउँदिन घरि कपाल खोल्छु घरि कपाल बाध्छु । जे गरे पनि राम्रो लागिरहेको थिएन । फेरि नजिक गएर हेर्छु फुस्रो अनुहार नाक छेउको त्यो सानो कोठी केहि मन पर्दैन । म झल्लक सीमाको मुहार सम्झन्छु डाँहा लागेर आउँछ । यो अनुहार र कपालले कहिले स्याहार पाको भए पो खान ठिक्क हुन्थ्यो सम्झिन्छु मन भारी भएर आउँछ र खोक्रो आदर्शले ठाउँ पाउँछ र रुप भन्दा पनि मन सफा हुनुपर्छ भन्ने लाग्न थाल्छ । कलेजतिर लाग्छु । हिजो जस्तै म त्यहि ब्रेन्चमा गएर बस्छु क्लास सुरु हुन अझै १५ मिनेट बाँकी थियो ।

सीमा पनि आएको थिइन सायद या आको थिइ मैले देखेको थिइन् । चिया खान मन लाग्छ र म क्यान्टिनतिर लाग्छु । जीवन त्यहि बसेको रहेछ उ मलाई हेर्छ र हात हल्लाउँछ। म पनि हात हल्लाउँछु । उसका साथीहरु चिया पिउदै थिए उ भने त्यसै बसिरहेको थियो । म चिया मगाउँछु र पिउन थाल्छु । म बेला-बेला उसलाई हेर्ने गर्छु । उ हाँस्दा देखिने उसको दारा अनि उसको जहिले साथमा भएको त्यो डायरी । न उ म निर आउँछ न म उसलाई बोलाउन सक्छु । सायद त्यति नजिक हामी नभएर हुनसक्छ । उ पनि बेला-बेला मलाई हेर्ने गर्थ्यो । उसले चिया पिएको मैले देखेको थिइन् । घण्टी बज्छ र म क्लासतिर लाग्छु केहिबेर पछि सबै क्लासमा भेटिन्छौ । तर उ आएको थिएन् । हिजो जस्तै आज पनि म एक्लै थिए ।

झ्यालबाट उसको बाटो हेरिरहेको थिए । सीमाहरु पछाडि नै बस्छन् । म उसको साईकल देख्छु तर उ देख्दिन् । बैशाखको महिना बिहानैदेखि घाम लागिरहेको थियो । सर अझै आउनु भएको थिएन । म मनमनै कस्तो केयरलेस मान्छे समयमा आउनु पर्छ नि भन्छु । पढाई त केवल बहाना जस्तै भएको थियो सायद उ मेरो सामु भएको हेर्न चाहन्थे । सर आउँनुहुन्छ तर उ अझै आएको थिएन । क्लासको पहिलो समाप्त भएको घण्टी बज्छ र उ आउँछ । थाहाँ छैन केहि छैन उ र मवीच तर पनि उदेखि रिस उठेर आउँछ । उ मलाई नोट दिनु ल भन्छ म रिसाए जस्तो गरि मैले पनि लेखेको छुईन भन्छु । त्यसपछि उ पनि बोल्दैन र डायरी कोर्न थाल्छ । झन् रिस उठेर आउँछ । अनयासै उ ‌भन्दा बेसि उसको डायरीदेखि रिस उठेर आउँछ क्लास सकिन्छ र म गएको ल भोलि भेटुम भन्छ म केहि बोल्दिन । उ केहि अगाडि पुग्छ र फेरि उसलाई हेर्छु र उ पनि साइकल नजिक पुगेपछि एकचोटि फर्केर हेर्छ ।

म घर जाँदा बाटोमा नेता दाई भेट हुन्छन् टाउकोमा चोट लागेको रहेछ म के भयो दाई भनेर सोध्छु ? दाई एक्सिडेन्ट भको भन्नु हुन्छ र जीवन भाईले धेरै सहयोग गरेको भन्नु हुन्छ । त्यो सुनेपछि म आफैदेखि आफैलाई रिस उठेर आउँछ । उसको सहयोगी भाव देखेर झन् उप्रति माया पलाएर आउँछ र आज क्लास ढिलो भएको कारण थाहा हुन्छ जसकारण आफ्नो सोचदेखि घृणा लागेर आँउछ । लगभग कहिले रिसाउँदै कहिले ठुसकिदै कहिले हाँस्दै ६ महिना उसँग बिताएको पनि पत्तै हुँदैन । अ ! साच्चि उसले मलाई हेर्नुको कारण मेरो नाक छेउको कोठी रहेछ । जुन मलाई कहिले मन पर्दैन थियो धेरैचोटी फ्याक्न खोजेको थिए त्यो कोथी आजभोलि मन पर्न थालेको छ । तपाईबाट सुरु भएको सम्बन्ध केहि दिनपछि तिमीमा झरेको थियो । जसको छुट्टै मिठास थियो । उसलाई मैले खुल्ला कपाल गरेको मनपर्छ रे । त्यहि भएर म सधैं खुल्ला कपाल छोडेर नै कलेज आउँने गर्थे । यहाँसम्म पनि न मैले नै कहिले उसलाई मनको कुरा पोखे न त उसले नै सायद कुनै निश्चित समयको पर्खाइ थियो या यसको लागि अझै बेला भएको थिएन् ।

हामीवीच जे थियो निश्वार्थ थियो । साथिहरु पनि बेला-बेला उसको र मेरो कुरालाई लिएर जिस्काउन थालेका थिए हामी त्यस्तो केहि हैन भनेर टाल्ने गर्थिम् । तर जे थियो सायद हामीभित्रै थियो कुन्ठित । आमाको पनि काम राम्रो हुँदै थियो र घरको आर्थिक अवस्था केहि सबल हुँदै थियो । बहिनीको पढाई पनि राम्रो चलिरहेको थियो । आमा र बुबाको कमि मामा-माइजुले महसुस हुन दिनु भएको थिएन् । गाउँको जग्गा बेचेर काठमाडौंमा जग्गा किन्ने र उतै बस्ने भन्दै हुनुहुन्थ्यो बाबा । मलाई भने मन थिएन । चाँडबाँड सकिसकेको थियो सोमबारको दिन गाउँको साथी निरु एककासि घर आईपुगछिन् । म खुसीले रुन थाल्छु र उ पनि रुनछिन् ।

हामि घन्टौंसम्म कुरा गर्छौ र म उसलाई कलेज र जीवनको बारेमा सबै भन्छु उ केहि भावुक हुन्छिन र रुपेशको कुरा गर्छिन् उसले मलाई प्रत्येक दिन सम्झेको कुरा गर्छिन् । म केहि बोल्न सक्दिन् । रुपेश मेरो एउटा असल साथी मात्र हो भन्छु । रुपेशप्रति मेरो सोच कहिले त्यस्तो नभएको भनेर भन्छु तर यो समाजले के तिम्रो सम्बन्ध स्वीकार छन् त निरुको यो कुराले मलाई फेरि म दलित भएको महसुस दिलाउँछ । म फेरि रुन्छु । मन भारी भएर आउँछ । निरु पनि केहि भावुक हुन्छिन्।हामि दुवै केहिबेर चुपचाप हुन्छौ न उ बोल्छे न म बोल्छु । म भएर पनि नभए जस्तै हुन्छु । छ न त यतै थिए तर मन भने कतै । परिस्थिति एउटा थियो अनि चाहना बेग्लै । सबै भएर पनि नभए जस्तै थिए रित्तै ।

बाँकी अर्को भागमा……

*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

कथा शीर्षक : अनामिका (भाग-५) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-३) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-२)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-१)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !