३ फाल्गुन २०८२, आइतबार

कथा शीर्षक : अनामिका (भाग-५) – एक अन्तरजातीय प्रेम कथा


कथा शीर्षक : अनामिका (भाग-५) – एक अन्तरजातीय प्रेम कथा

विराटनगर (महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस) । म फेरि केहि अगाडि बढ्छु कोहीले पछ्याएजस्तो लाग्छ यो मेरो भ्रम थियो या सत्यता आफै छक्क पर्छु । यो पाली भने म पछि फर्केर हेर्दिन म क्लासतिर पुग्छु । केहि व्यक्ति बाहेक सबै ब्रेन्च खाली थिए सरकारी कलेज सायद यस्तै हुन्छ सोचे । म एउटा झ्याल छेउको ब्रेन्च रोजेर बस्छु जुन अगाडि थियो । म झ्यालबाट बाहिर हेर्छु सबै चौरमा बसेर गफ लाउन ब्यस्त थिए । केहि जोडीहरु पनि देख्दै थिए हातमा हात समाएर बसेका । म मनमनै कस्तो लाज नभएकाहरु कमसेकम कलेजमा त यस्तो नगर्नु भन्दै थिए । क्लासको पहिलो घन्टी बज्छ । सीमा र उसका साथीहरु पनि आएका थिएनन् । केहि विद्यार्थीभित्र पस्छन् यतिकैमा सीमा र उसका साथीहरु पनि आइपुग्छन् । म अगाडि बसेको थिए । सीमा तपाई यहि बस्ने भन्छे ? म सरले पढाएको राम्रोसँग सुनिन्छ त्यसैले यहि बस्छु भन्छु । त्यसो भए हामी पछाडि जान्छौ भने । म चिनेको मान्छे आफूसँगै नबसेकोले केही निरास हुन्छु । बिस्तारै सबै ब्रेन्च भरिन्छ मेरो ब्रेन्चमा म मात्रै थिए, एक्लै । सर आउनुहुन्छ र हामी सबैलाई स्वागत गर्नुहुन्छ र पढाउन थाल्नुहुन्छ । एकछिन पछि त्यहि अन्जान केटा सरसँगअनुमति लिएर कलास पस्छ सबै ब्रेन्च भरिएको थियो मेरो बाहेक । उ चारैतिर हेर्छ र मलाई म यहा बस्न सक्छु भनेर सोध्छ । कस्तो अचम्म जस्तो लाग्छ मलाई हेरिरहने केटा मेरै क्लासमा अब मैसँग बस्ने छ । उँ फेरि हजुर बसुम भन्छ ? म हल्का झस्किन्छु र बस्नुस भन्छु यो भन्न बाहेक मसँग अरु कुनै विकल्प थिएन् । सर पढाई रहनु भएको थियो म सुनिरहेको थिए ।

उ बेला बेला मलाई हेरिरहन्थ्यो र केही लेख्थ्यो म भने उसको हेराइको बेवास्था गरिरहे । घन्टी बज्छ । सबै निस्कन्छन् म भने सरले ब्ल्याकबोर्डमा लेखेको हेरेर लेखिरहेको थिए । सीमा जुम बाहिर भन्छे म नजाने भन्छु । अनामिका सारै पढाकु छिन् जान्नन् भनेर खितिखिति हाँस्छन् । मलाई भने केहि रिस उठेर आउछ तर केहि बोल्दिन । त्यति भनेर उनीहरु कता जान्छन् । एकछिन पछि त्यहि अनजान केटा मेरो छेउमा आउछ र मसँग बोल्न खोज्छ । तपाईको नाम के हो ? भनेर सोध्छ म के त हिजो भेटेको भन्छ । म चिनेर पनि नचिने जस्तो गर्छु । अह ! चिनिन भन्छु र नाम अनामिका भन्छु तर उ जात सोध्दैन् र म पनि भन्दिन । सायद म बोल्न नचाहेको उ बुझ्छ र अगाडि सोध्दैन् । र उ आफै मेरो नाम जीवन खनाल हो भन्छ । म हजुर मात्र भन्छु । अर्को क्लास सुरु भएकोले सर पनि आउनुहुन्छ । उ बेला-बेला मसँग बोल्न खोज्थ्यो कहिले घर त कहिले के सोधिरहन्थ्यो म भने छोटो जवाफ मात्र दिन्थे । म उसँग त्यति नजिक हुन चाँहिन उ बेला-बेला लेखिरहेको हुन्थयो । के लेख्थ्यो थाहा थिएन् सीमा र केहि साथीहरु क्लास आउँदैनन् । म उसलाई हेर्छु र मनमनै सोच्छु । कस्तो घमण्डी सोच्यो होला जस्तो लाग्छ । तेस्रो घन्टी बज्छ र सर निस्कनु हुन्छ । यो पाली भने म आफै उसलाई सोध्छु हजुरको घर चाहि ? उ लेख्न छोड्छ र मतिर हाँस्दै भन्छ हजुरलाई सोध्न पनि आउँदो रहेछ त । मलाई पनि त्यो कुराले केहि हाँस उठ्छ । उ मेरो घर यहि विराटनगर हो भन्छ । हामी वीच लगभग १५ मिनेट कुरा हुन्छ । उसको बोली बानी मलाई राम्रो लाग्छ । अन्तिम क्लास नलाग्ने भयो भनेर सबै जसो बाहिर जान्छन् । उ तपाई के गर्नुहुन्छ ? भनेर सोध्छ । म घर जान्छु भन्छु उ हुन्छ त भोलि भेटौला भन्छ र बाहिर निस्कन्छ । उ केहि पर पुगेपछि म उसलाई हेर्छु । उ साइकल नजिक पुगेर एकचोटी हेर्छ । सोभा र उसका साथीहरु पनि आइपुग्छन् ल भोलि भेटौला भन्दै सबै छुटिन्छौ । म पनि घरतिर लाग्छु घरमा कोहि थिएनन् चावी ढोकामाथि हुन्छ । म ढोका खोल्छु र भात खान्छु र भाडा सबै मोलेर राखिदिन्छु । म भित्ते घडी हेर्छु ११ बजेको हुन्छ । म काम सकेर एकछिन ढलकिन्छु । म कलेजमा भएका कुराहरु सम्झिन थाल्छु । जीवन मात्र देख्छु उसको ठुलो आखा चुचो नाक, हलका जुङ्गा, छोटो कपाल, हाँस्दा देखिने त्यो दारा सम्झिरहन्छु । उसलाई हिजो धन्यवाद पनि नभनेकोले मनमा केही खिन्न महसुस भएको थियो फेरि आज उसले चिनाउँदा समेत चिनिन भनेको थिए । मलाई कुनै केटाप्रति यस्तो कहिले भएको थिएन । सायद जीवन मलाई केहि मनपर्न थालेको थियो त्यसैले उसैको बारेमा सोचिरहेको थिए । फेरि आफू दलित उ बाहुन भएकोले सोचेको सम्भव नहुने भनेर चित्त बुझाउँछु । कोहि मन पर्दा पनि तिमी मनपर्छ भनेर भन्न नपाउनुको पिडा पनि मर्नु हुँदोरहेछ जस्तो लाग्यो । यो मनलाई फेरि कसले रोक्न सक्छ र ? यसले हामीले जस्तो जात धनी गरीव चिने पो । मनमा कुरा खेलाउदै थिए माइजु र बैनी पनि आइपुग्छन् । भान्जी अनामिका । म हजुर भन्छु । माइजु कस्तो भयो त कलेज ? भनेर सोध्नुहुन्छ म ठिकै भयो भन्छु । बैनीको पनि भर्ना भयो भनेर भन्नुहुन्छ । म खुसी हुन्छु र बहिनीलाई माया गर्न थाल्छु । माइजु लुगा धुनु छ भनेर बाथरूम जानु हुन्छ र बहिनी टिभी हेर्छु भन्छिन् र म टिभी खोलिदिन्छु ।

वाँकी अर्को भागमा….

*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-३) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-२)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-१)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !