१४ बैशाख २०८१, शुक्रबार

एक मिलि सेकेन्डले एथलेटिक्समा सन्तोषीले रचिन् इतिहास


१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको दश हजार मिटर दौडमा नेपालले स्वर्ण जित्दै इतिहास रचेको छ । दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी हुन् । भारतीय धाविका कविता यादवलाई उछिन्दै पहिलो भएकी सन्तोषी यो इभेन्टमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भएकी छन् ।

निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा उनले केबल एक मिलिसेकेन्डले कवितालाई उछिनिन् । यादवले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड पुरा गर्दै रजत पदक जितिन् । सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै स्वर्ण जितिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु