२६ बैशाख २०८१, बुधबार

विश्वकप क्रिकेट: भारतसँग पाकिस्तान ८९ रनले पराजित


एजेन्सी, २ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले हराएको छ । विश्वपमा पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

जारी विश्वकपमा भारतको यो तेस्रो जित हो ।

भारतले दिएको तीन सय ३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर एक ६६ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ३६ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले शतक र कप्तान विराट कोहली तथा लोकेश राहुलले अर्धशतकीय पाली खेले ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !