१४ बैशाख २०८१, शुक्रबार

पाकिस्तानसँग आयोजक इङ्ल्यान्ड १४ रनले पराजित


एजेन्सी, २१ जेठ । विश्वकप क्रिकेटमा सोमबार राति भएको खेलमा पाकिस्तानसँग घरेलु टोली इङ्ल्यान्ड १४ रनले पराजित भएको छ । पाकिस्तानले दिएको तीन सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ३४ रन मात्र बनाउन सकेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनाएको थियो ।

पाकिस्तान पहिलो खेलका वेस्ट इन्डिजसँग पराजित भएको थियो । इङ्ल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !