१३ जेष्ठ २०८१, आइतबार

गणेशमान सिंह स्मृति किक बक्सिङ शुरु


Tekwando

६ पुस, काठमाडौँ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा दुई गरी १२ स्पर्धामा १४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकूद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

प्रत्येक तौल समूहमा पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रो हुनेले रु पाँच÷पाँच हजार पुरस्कार पाउनेछन् । टोलीमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ५०, २५, र रु १२ हजार ५०० पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही रु १५ हजार प्रदान गरिनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !