३ असार २०८१, सोमबार

प्रतिनिधिसभामा सांसदहरुबीच धकेलाधकेल बाबजुद अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता पक्षका सांसदहरुबीच धकेलाधकेल भएको छ ।

सभामुख देवराज घिमिरेले अर्थमन्त्री बर्षमान पुनलाई नेपाल सरकारको आगामी वर्षको आर्थिक सर्वेक्षण पेस गर्न समय दिएपछि कांग्रेस सांसदहरु वेल प्रवेश गरेका थिए ।

पुन आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दल नेपाली काँग्रेसका सांसहरुले घेरा हालेर रोकेपछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री पुनले प्रतिनिधिसभा आजको बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !