३ असार २०८१, सोमबार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित


त्रिभुवन बिमानस्थल

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११ः३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो । अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताए ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ । अहिले पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !