२० बैशाख २०८१, बिहिबार

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै


नेपाली क्रिकेट टीम

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) भिड्दै छन् । हङकङमा जारी त्रिकोणात्मक टी२-० आई सिरिजको फाइनलमा आज नेपाल र पीएनजी भिड्न लागेका हुन् ।

नेपाल र पीएनजीवीचको फाइनल खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ । यसअघि नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो भने मंगलबार भएको दोस्रो खेलमा पीएनजीले घरेलु टीम हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोडेको छ भने हङकङले एक अंक जोड्न सफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !