२५ बैशाख २०८१, मंगलबार

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता, एकै ओभरमा दुई विकेट


नेपाली अन्डर १९ क्रिकेट टीम

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । भारतविरुद्ध नेपालले १४औँ ओभरमा दुई विकेट लिएए तेस्रो सफलता हासिल गरेको हो ।

आज शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले १४औं ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट गुमाएको हो ।

१३.५ ओभरमा भारतका प्रियान्सु मोलियाले रनआउट भएका थिए । मोलिया चौथो रनका लागि दौडिँदा नेपालका आकाश चन्दले रनआउट गरेका हुन् । त्यसलत्तगै अर्को बलमा आकाशले भारतका अर्सिन कुलकर्णीलाई विकेटकिपर उत्तम मगरबाट क्याच गराए ।

जारी खेलको १७ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ७६ रन बनाएको छ । त्यसअघि भारतविरुद्ध नेपालका तीव्र गतिका बलर गुल्सन झाले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

जारी विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो ।

नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !