२४ बैशाख २०८१, सोमबार

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीपलाई सजाय तोक्न आज पेसी


सन्दीप लामिछाने खुशीयाली

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो ।

अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो ।

सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म सजाय हुने उल्लेख गरिएको छ । लामिछानेलाई सजाय भने तोकिएको छैन । सजाय तोक्न आगामी पुस २५ गतेलाई पेसी तोकिएको छ ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !