२३ बैशाख २०८१, आइतबार

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर


सन्दीप लामिछाने खुशीयाली

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । आज शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । अदालतले पीडित बालिका गौशाला २६ को उमेर घटाना हुँदा १८ वर्ष पूरा भइसकेको पनि जनाएको छ ।

यद्यपि पीडित नाबालिग भएपनि लामिछानेले जबरजस्ती करणी गरेको बताउँदै अदालतले उनलाई दोषी ठहर गरेको हो । सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म सजाय हुने उल्लेख गरिएको छ । लामिछानेलाई सजाय भने तोकिएको छैन । सजाय तोक्न आगामी पुस २५ गतेलाई पेसी तोकिएको छ ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !