४ जेष्ठ २०८१, शुक्रबार

गुल्शन झाले र रोहित पौडेलले बनाए अर्धशतक


गुल्शन झाले र रोहित पौडेल

काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले र कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए ।

झाले पौडेलसँग ७८ रनको साझेदारी गरे । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !