२४ बैशाख २०८१, सोमबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा


जिल्ला अदालत काठमाडौं

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्धमुद्धाको आज सुनुवाइका लागि न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी तोकिएको हो ।

काठमाडौँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश खतिवडामा अन्तिम सुनुवाइका लागि पेस भएको हो । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ धेरैपटक सर्दै आएको छ ।

आजदेखि अन्तिम सुनुवाइका लागि पेस भएको उक्त मुद्दामा बहस सकिएमा फैसला आजै आउने छ । कानुन व्यवसायीहरुको बहस नसकिएको अवस्थामा भने हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरी मुद्दाको किनारा लगाउने तयारी छ ।

लामिछाने पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !