२२ बैशाख २०८१, शनिबार

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


ज्ञानेन्द्र मल्ल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आज शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्यासको घोषणा गरेका हुन् । उनले आफूले सन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि समेत बताए ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन् । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनको भनाई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !