१९ बैशाख २०८१, बुधबार

रोयल्स कोलकातासँग २५ रनले पराजित


ipl

१० जेठ, काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स कोलकातासँग २५ रनले पराजित भएका छन् ।

बुधबार भएको इलिमिनेटर चरणको रोमाञ्चक खेलमा राजस्थान रोयल्सलाई पराजि गरेसँगै कोलकता दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा सात विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । जवाफमा राजस्थान १ सय ४४ रनमात्र जोड्न सक्यो ।

कोलकाताका लागि कप्तान दिनेश कार्तिकले ५२ रनको अर्धसतकीय पारी खेले, उनले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले ४९ रन बनाउँदा शुंभम गिलले २८ र क्रिस लेयनले १८ रनको योगदान दिएका थिए ।

जवाफमा राजस्थानले २० ओभरमा चार विकेट गुमाएर १ सय ४४ रनमात्र बनायो । १ सय ९ रन बनाउँदा सम्म दुई विकेटमा रहेको राजस्थानले जित निकाल्ने विश्वास गरिएको थियो तर उसले अन्तिम समयमा रन बनाउन नसक्दा अघिल्लोचरण यात्रा इलिमिनेटरबाटै अन्त गर्यो ।

राजस्थानकालागि सञ्जु सामसनले ५० तथा कप्तान अजिन्क्य रहाणेले ४६ रनको योगदान दिए । त्यस्तै राहुल त्रिपाठीले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । अब फाइनल प्रवेशका लागि कोलकाताले हैदरावादसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !