१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने समावेश


सन्दीप लामिछाने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानको खेलाडी छनोट समितिले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले मंगलबार लामिछानेको निलम्बन फुकुवा गरेसँगै पुनः राष्ट्रिय टीममा परेका हुन् । लामिछानेको राष्ट्रिय टिममा आवश्यक परेको हुनाले उनलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

यसअघि क्यानले आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।लामिछानेलाई क्यानले गत भदौ २३ गते निलम्वन गर्ने निर्णय गरेको थियो । क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

यद्यपि लामिछानेलाई थुनामा राख्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दायर भएको थियो । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो ।

यो पनि पढ्नुहोस्

नेपाल क्रिकेट संघद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीप परेनन् टिममा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !