६ बैशाख २०८१, बिहिबार

नेपाल क्रिकेट संघद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा


सन्दीप लामिछाने

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिले लगाएको निलम्बन फुकुवा गरेको छ । आज पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

लामिछानेलाई क्यानले गत भदौ २३ गते निलम्वन गर्ने निर्णय गरेको थियो । क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । तर उच्च अदालतको आदेशले धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

तर लामिछानेलाई थुनामा राख्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दायर भएको छ । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय आज सर्वोच्च अदालत गएको हो ।

उच्च अदालत पाटनको २० लाख धरौटीमा लामिछानेलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको हो । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याएको थियो ।

गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशअनुसार लामिछाने पुस २९ गते केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका थिए । महान्यायाधिवक्ता कार्यलयले उच्च अदालतको सो आदेश उल्टाई जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दिएको गरेको हो ।

लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए । उनी २०७८ मंसिर २९ गते बसे राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।

यो पनि पढ्नुहोस्

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीप परेनन् टिममा

२० लाख धरौटी बुझाएर अन्तत: सन्दीप तीन महिनापछि रिहा

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सन्दीप लामिछानेलाई निलम्वन गर्ने क्यानको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !